डाक्टरलाई दरबन्दी अनुसारको क्षेत्रमा पठाउन नसकिए स्वास्थ्य मन्त्रालयमा सुधार हुने अवस्था नरहेको मन्त्री बस्नेतको भनाइ छ।
काठमाडौँ– स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टर व्यवस्थापन गर्दा सचिवालयमा धम्की आउन थालेको बताएका छन्।
बिहीबार राष्ट्रियसभामा विनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले दरबन्दी बाहिर जिल्ला भएर मन्त्रालयमा काजमा बस्ने डाक्टरको व्यवस्थापन जोखिमपूर्ण रहेको बताए।
आफूलाई अहिलेसम्म नसके पनि सचिवालयमा भने दैनिक धम्की आउन थालेको मन्त्री बस्नेतको भनाइ छ। “सबै डाक्टरलाई राजधानी चाहिएको छ। सरुवामा यस्तोसम्म जिकिर आउने रहेछ कि मैले चाहेको ठाउँमा हुँदैन भने आत्महत्या गर्छु भनेर पनि धम्क्याउने रहेछन्,” मन्त्री बस्नेतले भने, “यो मैले थाहा पाइसकेपछि सरकारले तोकिएको ठाउँमा गएर सेवा गर्नैपर्छ। भनेर निर्देशन गरेको छु।”
दरबन्दी अनुसार डाक्टर व्यवस्थापन गर्ने काम पार लगाएरै छाड्ने मन्त्री बस्नेतले दाबी गरे। डाक्टरलाई दरबन्दी अनुसारको क्षेत्रमा पठाउन नसकिए स्वास्थ्य मन्त्रालयमा सुधार हुने अवस्था नरएको उनको भनाइ छ।
“८०० जना डाक्टर स्वास्थ्य मन्त्रालयमा कागमा बसेका छन्। म जस्तै मन्त्रीले राखेका हुन्। मैले एक जना पनि ल्याएको छैन,” उनले भने, “कर्मचारी व्यवस्थापन अलिअलि मिलाएको भरमा मिल्नेवाला छैन। यसलाई अप्रेसन गर्नुपर्ने अवस्था छ।”
डडेलधुरामा १६ जनाको दरबन्दीमा एक जना पनि डाक्टर नपुगेको तर, ट्रमा सेन्टरमा २० जना भए पुग्ने ठाउँमा २२ जना अर्थोपेडिक डाक्टर रहेको उनको भनाइ छ। “आधारभूत स्वास्थ्य सेवा ग्रामीण स्तरसम्म पुगेको छैन। डाक्टरको पहुँच छैन। त्यो ठाउँमा हामी पुर्याएर नै छाड्छौँ,” उनले भने, “त्यसका लागि मलाई सांसदहरूको साथ चाहिन्छ।”
कर्मचारी नियुक्ति र सरुवामा विगतदेखि रहेको बेथितिकै कारण सरकारले कर्मचारीलाई तबल खुवाउन नसक्ने अवस्था भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
