कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.६२ अंकले ओरालो लागेर २०४८.९३ मा सीमित भएको छ।
ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.९० अंकले ओरालो लागेर ३९१.२५ मा सीमित भएको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ।
नेप्सेका अनुसार कुल ९३ लाख ८२ हजार ४४० कित्ता शेयर तीन अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँमा खरिदबिक्री भएको छ। कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको २३ करोड ७५ लाख ९३ हजार ३४८ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, सोल्टी होटल १७ करोढ ९२ लाख ९४ हजार ५६१, हिमालयन लाइफ इन्स्योरेन्स १६ करोड १५ लाख नौ हजार, नेपाल दूरसञ्चार कम्पनी ११ करोड ८४ लाख ४८ हजार ५१४ र चिलिमे आइड्रोपावर कम्पनी सात करोड ५० लाख ९० हजार ९८५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार, एनएमबी बैंकको ऋणपत्र र सिद्धार्थ बैंकको ऋणपत्रको मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। एनआईबीएल समृद्धि फन्ड दोस्रो ९.९४, सिटिजन म्युचुअल फन्ड पहिलो ७.९८ र सानिमा लार्ज क्यापका लगानीकर्ताले ७.८३ प्रतिशतले कमाएका छन्।
पिपल्स हाइड्रोपावर ६.०५, हिमालयन पावर पार्टनर ५.८३, बुद्धभूमि नेपाल हाइड्रोपावर ५.८३, मनकामना स्मार्ट लघुवित्त ५.५६ र रिडी पावरका लगानीकर्ताले ५.५३ प्रतिशतले गुमाएका छन्।
बिहीबारको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब ६४ अर्ब ६४ करोड ९१ लाख ७३ हजार १२९ रुपैयाँ बराबर रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
