सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले गरेको कामका बारेमा संसद्लाई जानकारी गराउन निर्देशन दिएका छन्।
काठमाडौँ– सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले गरेको कामका बारेमा संसद्लाई जानकारी गराउन निर्देशन दिएका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले लम्पी स्किन रोगको रोकथामका लागि सरकारले गरेको कामको बारेमा संसद्लाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकासमन्त्रीलाई निर्देशन दिएका हुन्। उनले प्रतिनिधिसभा बैठकमा यस रोगको सम्बन्धमा विगतदेखि नै कुरा उठिरहेकाले यससम्बन्धी स्पष्ट पार्न निर्देश गरे।
“लम्पी स्किन भन्ने रोगको सम्बन्धमा विगतका बैठकहरूदेखि आजका बैठकमा पनि माननीय सदस्यहरूबाट कुरा उठिरहेको छ। यस सम्बन्धमा स्पष्ट पार्न र सरकारले यो रोगको रोकथामका लागि गरेका कार्यहरूको बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई म निर्देश गर्दछु” उनले भने।
शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले लम्पी स्किन रोगको रोकथामका लागि सरकारले उदासीनता देखाएको बताएका थिए।
उनले लम्पी स्किन रोगबाट किसानलाई ३७ अर्ब बराबरको क्षति भइसकेको भन्दै अझै पनि पशुलाई प्रभावकारी ढंगले खोप लगाउन नसकिएको बताए। उनले गाउँगाउँमा प्राविधिकसमेत पठाउन नसकेको भन्दै सरकारलाई यसप्रति ध्यानाकर्षण गराए। उनले बजेट अभाव भएमा निर्वाचन क्षेत्र विकास कोषबाट रकमान्तर गरेर भए पनि नियन्त्रणका लागि लाग्नुपर्ने बताए।
“जुन ढंगले उपचारको काममा लाग्नुपर्थ्यो, खोपहरू जसरी प्रभावकारी ढंगले वितरण गर्नुपर्थ्यो, सरकारले यसमा उदासीनता देखाएको कारणले किसानहरूले ३७ अर्ब बढीको क्षति बेहोर्नुपर्ने अवस्था सिर्जना भएको छ। सरकारले समयमै सजगता अपनाएको भए यो क्षति बेहोर्नुपर्ने अवस्था थिएन। जम्मा २ लाख २२ हजार पशुलाई खोप लगाएको छ। खोप अत्यन्त अपर्याप्त छ। लगाउने गति पनि साह्रै सुस्त छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
