नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ।
अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशियासम्बन्धी मामला हेर्ने सहायक विदेशमन्त्री लु दक्षिण एशियाली मुलुकको भ्रमणका क्रममा शुक्रबार बिहान काठमाडौँ आइपुगेका हुन्।
उनले काठमाडौँ आएलगत्तै नेपाली कांग्रेसका सभापति देउवासँग भेटवार्ता गरेका हुन्। सहायक विदेशमन्त्री लुसँग भेटवार्ता भएको कांग्रेस सभापति देउवाले ट्विटरमार्फत जानकारी दिएका छन्। उनले अमेरिकी सहायक विदेशमन्त्री लुसँग फलदायी छलफल भएको बताएका छन्।
त्यस्तै, उनले नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि आफूहरूबीच रचनात्मक छलफल भएको उल्लेख गरेका छन्। उनले विदेशमन्त्री लुले नेपालको विकास, शान्ति र लोकतन्त्रलाई प्रवर्द्धन गर्न अमेरिकी सरकारको अटुट समर्थन रहेन बताएको उल्लेख गरेका छन्।
अमेरिकी दूतावासका अनुसार अमेरिकी सहायक विदेशमन्त्री लुले नेपाल बसाइँका क्रममा सरकारको नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेटवार्ता गर्ने छन्। त्यस्तै, दूतावासका कर्मचारीहरूसँग उनको पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ। यसका साथै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट छन्।
यसअघि अमेरिकी सहायक विदेशमन्त्री लु एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गराउने क्रममा २०७८ मंसिरमा नेपाल आएका थिए।
Honored to have had a productive meeting with US Assistant Secretary of State Donald Lu. We had constructive discussions on further strengthening Nepal-US ties.Grateful for the US Government & Secretary Lou’s unwavering support to promote peace, democracy
— Sher Bahadur Deuba (@SherBDeuba) July 14, 2023
& development in Nepal. pic.twitter.com/UbE2n7fjqF
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
