मधेश, कोशी र बागमतीमा वर्षा ढिलो भएको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ प्रभावित भएको कृषि मन्त्रालयले जनाएको छ।
काठमाडौँ– मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यसवर्ष ५३ प्रतिशत मात्रै रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ।
कृषि विभागको तथ्यांकअनुसार गतवर्ष असार २९ सम्म ६५ प्रतिशत रोपाइँ भएको थियो। गत वर्षको तुलनामा यसवर्ष १२ प्रतिशत कम रोपाइँ भएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए।
मधेश, कोशी र बागमती प्रदेशमा मनसुन शुरू हुन ढिलो भएको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ प्रभावित भएको उनले बताए।
विस्तारै मनसुन सक्रिय भएको, रासायनिक मलको उपलब्धता सुनिश्चित र लम्पी स्किन रोगको प्रभाव कम हुँदै गएको खण्डमा रोपाइँँको प्रतिशत क्रमशः बढ्दै जाने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
