यो पर्व विशेषतः महिलाको संलग्नतामा असार २० गतेदेखि मनाइन्छ। पाँच दिनसम्म गुफामा बसोबास गरी पूजाआजा गर्ने र दुई दिन मितेरी लगाउने चलन छ।
मनाङ– हिमाली जिल्ला मनाङमा छेटु अर्थात् मितेरी पर्व मनाइएको छ। भ्रातृत्व, दिदीबहिनीका साथै आफन्तमा मितेरी साइनो गाँस्ने र एकता कायम गराउने पर्वका रूपमा मितेरी पर्व मनाउने गरिन्छ।
यो पर्व विशेषतः महिलाको संलग्नतामा असार २० गतेदेखि मनाइन्छ। चार/पाँच दिनसम्म गुफामा बसोबास गरी पूजाआजा गर्ने र दुई दिन मितेरी लगाउने चलन छ। गुफामा आमा समूहको सक्रियतामा कार्यक्रम आयोजना गरिन्छ। मरेपछि पनि छिटो भेटिने विश्वासका साथ मितेरी तथा गुफामा पूजाआजा गर्ने चलन रहेको स्थानीय माया गुरुङले बताइन्।
मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकास्थित मिलेरेपा गुफामा लामाले ग्रन्थ पढेर पूजापाठ गरी मितेरी लगाउने गरिएको स्थानीय कर्मा छिरिङ गुरुङले जानकारी दिए। उनका अनुसार तत्कालीन सात गाउँ वा मनाङ ङिस्याङ गाउँपालिकाको सबै वडाका स्थानीयको सहभागितामा पर्व मनाइँदै आएको छ। छेटुमा मेला हेर्न र मितेरी गाँस्नका लागि जिल्लावासीको उल्लेख्य सहभागिता रहने गरेको छ।
नाचगानसहित यो पर्व मनाउने चलन रहेको छ । गुफामा नाचगानसहित लामाले ग्रन्थ वाचन गरी लुगाकपडालाई पुजेर सकाएपछि मितेरी लगाउने कार्य प्रारम्भ हुने गुरुङले सुनाइन्। “लामाले पूजा सकाएपछि पुज्न राखेको दुई जनाको कपडा उचाल्दा जसको कपडा भागमा पर्छ। उसैसँग छेटु वा मितेरी लगाउने गरिन्छ,” उनले भनिन्।
भगवान्लाई पुजेर नै मितेरी गाँसेर एकापसको सम्बन्ध जोडिन्छ। यसरी मितेरी साइनो गाँसिदा सम्बन्धमा प्रगाढता कायम रहने उनीहरूको विश्वास छ। मित्रताको प्रतीकका रूपमा मिलेरेपा गुफालाई लिइन्छ।
परापूर्वकालमा राजाले सिकार खेल्दै जाँदा मिलेरेपासँग भेट भएर हत्या, हिंसाको अन्त्य गर्न सफल भएको किम्बदन्ती छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
