पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्ने व्यवस्था गरेको र पहिले पनि नेता परिवर्तन भएको थापाको भनाइ छ।
मोरङ– कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीको संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका साथीहरूको साथ र संख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने स्पष्ट पारे।
पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र नेता परिवर्तन भएको उदाहरण रहेको बताए। आफू दलको नेता भएमा पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने महामन्त्री थापाको भनाइ थियो।
कोशी सरकार निर्माणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने उनले बताए। केन्द्रीय समिति बैठक नबस्दा कोशी सरकार गठनका सम्बन्धमा खुल्ला छलफल गर्न नसकिएको र यसबाट राष्ट्रिय राजनीतिका थुप्रै विषय प्रभावित भएको थापाको धारणा थियो।
“केन्द्रीय समिति बैठकले नीति महाधिवेशनको मिति तय गर्छ,” उनले भने, “नीति अधिवेशनले निर्वाचनमा राजनीतिक दलबीच गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्नाका साथै नयाँ बाटो खोज्छ।”
अहिलेको गठबन्धन सरकार परिवर्तन नहुने तर, सरकारले जनताप्रति दत्तचित्त भई कार्य गर्नुपर्नेमा थापाको जोड छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
