संसद् अवरोधका कारण विधेयक पारित हुन नसकेको र सञ्चालन हुने बित्तिकै मिटरब्याजी विरुद्धको विधेयक पारित गरिने गृहमन्त्री श्रेष्ठको भनाइ छ।
काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा रहेको मिटरब्याजी विरुद्धको विधेयक नै अघि बढाइने बताएका छन्।
प्रेस सेन्टर नेपाल, चितवनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पुरानो विधेयकलाई नै अघि बढाउने प्रक्रियामा छलफल भइरहेको बताए। “हामीले मिटरब्याजी विरुद्धको पुरानो विधेयकलाई नै अघि बढाउन लागिरहेका छौँ,” उनले भने, “छिट्टै विधेयक पारित गर्ने स्थितिमा सरकार पुग्छ।”
संसद् अवरोधका कारण विधेयक पारित हुन नसकेको उल्लेख गर्दै उनले संसद् सञ्चालन हुने बित्तिकै यसलाई पारित गरिने बताए। विधेयकको विषयमा दलहरूसँग छलफल भइरहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ। मिटरब्याजी विरुद्धको उजुरी लिने र छानबिनका क्रममा पीडितको पक्षमा न्याय हुने काम नरोकिने उनले दाबी गरे।
विधेयकलाई ऐनका रूपमा लैजान मिल्दैन कि भन्ने चर्चा परिचर्चा भइरहेको उल्लेख गर्दै उनले संवेदनशील मुद्दामा विधेयक चाँडो पास गर्नुपर्ने बताए। भने, “संवेदनशील मुद्दामा कानुनी ग्याब लामो राख्न नमिल्ने भएकाले संसद् खुल्दा पारित हुने गरी काम अघि बढेको छ।”
ललिता निवास प्रकरणमा प्रहरीले तथ्य र प्रमाणका आधारमा अनुसन्धान गर्ने उनको भनाइ छ। “कसलाई पहिला पक्राउ गर्ने, अनुसन्धान गर्ने, अभियोजन दर्ता गर्ने भनेर व्यक्ति हेरेर किटान गर्ने र प्रक्रिया अघि बढाउने गर्दैनौँ,” श्रेष्ठले भने, “अनुसन्धानका लागि प्रहरी संयन्त्रलाई दबाब दिन मिल्दैन र दिँदैनौँ।”
हस्तक्षेप मुक्त भएर अनुसन्धान गरेर अपराधीलाई दायरामा ल्याउन प्रहरीलाई भनेको उनले सुनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
