पर्यटन व्यवसायीले नेपालमा आउने पर्यटकको खर्च र बस्ने दिन भने घट्दै जानु चिन्ताको विषय बनेको भन्दै पर्यटकलाई धेरैभन्दा धेरै नेपालमा बस्ने वातावरण बनाउन जरुरी रहेको बताए।
काठमाडौँ– भक्तपुरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकीय गन्तव्यस्थलको सूची तयार गरी सार्वजनिक गरिएको छ।
भक्तपुरलाई पर्यटकहरूको गन्तव्यस्थल बनाउन र पर्यटन प्रवर्द्धन गर्नका लागि एक कार्यक्रमबीच भक्तपुरमा पर्यटकीय गन्तव्य स्थलहरूको सूची समावेश गरिएको ‘ब्रेथ टेकिङ भक्तपुर’ सार्वजनिक गरिएको हो।
कार्यक्रममा बोल्दै नेपाल होटल संघ (हान) का अध्यक्ष विनायका शाहले कोरोना महामारीपछि नेपालमा अहिले बिस्तारै पर्यटन क्षेत्रले गति लिन थालेको बताए। उनले नेपालमा आउने पर्यटकको खर्च र बस्ने दिन भने घट्दै जानु चिन्ताको विषय बनेको भन्दै पर्यटकलाई धेरैभन्दा धेरै नेपालमा बस्ने वातावरण बनाउन जरुरी रहेको बताए।
उनले भक्तपुरलाई पर्यटनसँग जोडेर विकास गर्नुपर्ने उल्लेख गर्दै डोलेश्वर महादेव, पाइलट बाबा, घ्याम्पे डाँडा लगायतका स्थानमा पर्यटक रमाउन सक्ने बताए। लगानीअनुसार पर्यटन प्रवर्द्धन गर्दै पर्यटन प्याकेज बनाइ अघि बढ्नुपर्ने उनको सुझाव छ।
कार्यक्रममा बोल्दै अन्य पर्यटन व्यवसायीले पर्यटन प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने र अझै नेपालका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न जरुरी रहेको बताए। ओझेलमा परेका पर्यटकीय गन्तव्यस्थल धेरै रहेको भन्दै ती ठाउँको उजागर गर्नुपर्नेमा जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
