नेपालबाट पहिलो पटक पशु आहार (हाइलेज) चीन निर्यात भएको छ। एक वर्षमा दुई सय करोड टन पशु आहार चीनको सिगात्से शहर पठाउने योजना छ।
चितवन– नेपालबाट पहिलो पटक पशु आहार (हाइलेज) चीन निर्यात भएको छ। भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशु आहार शनिबार एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो। भरतपुरमा उद्योग रहेको छ।
सो कम्पनीले तयार गरेको १० कन्टेनर पशु आहार पहिलो दिन चीन पठाइएको हो। कम्पनीका अनुसार अब क्रमशः दैनिक २० कन्टेनर पशु आहार चीन पठाइने छ। एक वर्षमा दुई सय करोड टन पशु आहार चीनको सिगात्से शहर पठाउने योजना छ। सो शहर निकै चिसो हुने भएकाले त्यहाँ घाँस उत्पादन हुँदैन। पालिएका पशु चौपायाका लागि घाँस पठाउन लागिएको हो।
कम्पनीका प्रमुख कार्यकारी निर्देशक चाङका अनुसार अहिले पठाइएको हाइलेज डाँठ र दुधिलो घोगासहितको मकैको बोटबाट तयार पारिएको हो। क्रमशः अम्रिसो, नेपियर लगायतका घाँसबाट समेत पशु आहार बनाइँदै छ। यो कम्पनीले भरतपुर र वरपरका किसानबाट मकैको बोट नै खरिद गरेर प्रशोधन गरी पशु आहार बनाएको हो। चाङका अनुसार किसानलाई उन्नत जातको बीउ, सिँचाइको व्यवस्था र प्राविधिक सहयोगसमेत गरिँदै आएको छ।
यो प्रविधिमा दुधिलो मकैको बोटलाई काटेर प्रशोधन गरेपछि हावा नपस्ने गरी प्याकिङ गरिन्छ। सुरक्षित भण्डारणमा एक सय २० दिन राखेपछि यो घाँस चीन पठाउने चाङले जानकारी दिए। दुई वर्षसम्म घाँस प्रयोग गर्न मिल्छ। यसलाई निकै पोसिलो आहारका रूपमा लिने गरिन्छ। कम्पनीले किसानसँग गुणस्तर हेरेर बोटै सहितको मकै खरिद गर्दै आएको छ।
पशु आहारलाई रोला बनाएर पठाइएको छ। एउटा रोलामा चार सय ६० किलो पशु आहार हुन्छ। उनका अनुसार दैनिक ८० देखि एक सय रोला पशु आहार उत्पादन गर्न सकिन्छ। हाल तयार गरिएको पशु आहार चितवनका विभिन्न ठाउँबाट संकलन गरिएको हो। धेरै मात्रामा पूर्वी चितवनको मकै रहेको छ।
सन् २०२२ मा चिनियाँ उपराष्ट्रपति नेपाल आउँदा घाँस चीन लैजाने विषयमा सम्झौता भएको थियो। पहिलो चरणमा केरुङ र रसुवा नाकाबाट घाँस पठाइँदै छ। चाङले चीनको सो क्षेत्रमा दैनिक पाँच सय कन्टेनर घाँसको माग रहेको बताए। सिगात्से शहरसँग भरतपुर महानगरपालिकाको भगिनी सम्बन्ध रहेको छ। पशु आहार निर्यात कार्यक्रमको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपालका लागि चिनियाँ राजदूतावास र भरतपुर महानगरपालिकाले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
