कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने बढोत्तरी भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। चालु आर्थिक वर्षको अन्तिम कारोबार सकारात्मक रहेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.१६ अंकले उकालो लागेर २०९७.०९ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९० अंकले उकालो लागेर ३९४.१५ मा पुगेको छ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने बढोत्तरी भएको छ। कुल ७१ लाख ८४ हजार २५४ कित्ता शेयर दुई अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको १९ करोड १३ लाख ११ हजार ३७२ रुपैयाँ बराबरको कारोबार भएको छ। हिमालयन लाइफ इन्स्योरेन्स १ करोड ६९ लाख ४५ हजार, माउन्टेन इनर्जी नेपाल नौ करोड ८४ लाख ९१ हजार ९८०, हिमालयन एभरेस्ट इन्स्योरेन्स सात करोड ६२ लाख ७४ हजार ८०५ र एशियन लाइफ इन्स्योरेन्स सात करोड ५९ लाख ९८ हजार ८८१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार, सनराइज फोकस्ड इक्विटी फन्ड १०, एनआइवीएल ९.९२, सानिमा ग्रोथ फन्ड ९.९०, सिटिजन म्युचुअल फन्ड ९.८३ र माछापुच्छ्रे बैंकको ऋणपत्रका लगानीकर्ताले ९.४१ प्रतिशतले कमाएका छन्।
यस्तै, लिवर्टी इनर्जी ५.९६, मकर जितुमाया सुरी हाइड्रोपावर ५.८३, मञ्जुश्री फाइनान्स ३.९४, हिमालयन हाइड्रोपावर ३.८६ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ३.७१ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
