प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
काठमाडौँ– प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले विरोध जनाएपछि सांसद बैठक स्थगित भएको हो।
केही नेपाल ऐन संशोधन विधेयकमा राप्रपा र रास्वपाले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेट पछि बस्ने गरी स्थगित गरेका हुन्।
राप्रपा र रास्वपाका सांसदको विरोधका बीच सभामुख घिमिरेले बैठकको कामकारबाही अगाडि बढाउन खोजेका थिए। त्यसलगत्तै सांसदहरू बेल घेराउ गर्न पुगेका थिए। त्यसपछि सभामुखले बैठक स्थगित गरेका हुन्।
भएको के थियो?
त्यसअघि सभामुखले कानूनमन्त्री धनराज गुरुङलाई केही नेपाल ऐनलाई संशोधन विधेयक सभासमक्ष प्रस्तुत गर्न समय दिएका थिए। उनले विधेयक पेश गरेर टेबुल गरेलगत्तै सभामुख घिमिरेले शिक्षामन्त्री अशोक कुमार राईलाई राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न अनुमति दिए।
त्यसलगत्तै राप्रपा र रास्वपा सांसदहरू उठेर विरोध जनाए। लगत्तै सभामुखले रास्वपा सांसद सन्तोष परियारलाई बोल्न समय दिए। उनले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० माथि छलफल गरिरहँदा त्यो प्रस्ताव निर्माणार्थ प्रस्तुत नभएको बताए। उनले भने, “हामी जुन विधिमा थियौँ त्यो विधिमा हामी जान पाएनौँ। निर्माणार्थ प्रस्तुत गरेपछि हामीले गर्ने सांसदका कारबाही हामीले अगाडि बढाउने तयारीमा थियौँ। तर सभामुख ज्युबाट निर्माणार्थ प्रस्तुत भएन। त्यस अर्थ यो संसद्को कामकारबाहीप्रति हाम्रो घोर आपत्ति छ।”
त्यति बेलासम्म शिक्षामन्त्री राई रोस्टमै थिए भने रास्वपा र राप्रपा सांसदले उठेर विरोध गरिरहेका थिए। केही समय संघीय संसद् सचिवालयका कर्मचारीसँगको छलफलपछि सभामुख घिमिरेले मन्त्री राईलाई केही बेर प्रतीक्षा गर्न आग्रह गर्दै भने “मान्यज्यूहरूले केही सवालहरू उठाइरहेकाले एकछिन मान्यज्यू धैर्यताका साथ बसिदिनुहुन अनुरोध गर्छु।”
त्यसपछि उनले नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई बोल्न समय दिए। तर रास्वपा र राप्रपा सांसदको विरोध जारी नै रह्यो। विरोध गर्दै उभिएका सांसदलाई बस्न आग्रह गर्दै सभामुख घिमिरेले रमेश लेखकलाई बोल्न दिन पटक–पटक आग्रह गरे। यद्यपि, उनीहरूको विरोध नरोकिएपछि सभामुखले रमेश लेखकलाई बस्न भन्दै प्रतिनिधिसभा नियमावलीको नियम २८ र २९ मा ध्यानाकर्षण गराउँदै पढेर सुनाए।
सभामुख घिमिरेले विधेयक निर्माणार्थ प्रस्तुत गरेको दाबी गरेपछि सांसदहरू विरोध जनाउँदै बेल घेर्न आएपछि बैठक स्थगित गरेर बाहिरिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
