जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य सम्पन्न भएसँगै बिजलपुरासम्म आइतबारदेखि रेल सञ्चालनमा आएको छ।
धनुषा– भारतको जयनगरबाट महोत्तरी जिल्लाको बिजलपुरासम्म रेलसेवा सञ्चालनमा आएको छ। गत २०७८ चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको रेलसेवा आइतबारदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा आएको हो। उक्त रेलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गरेका हुन्।
कुर्थाबाट बिजलपुरासम्म निर्माण कार्य सम्पन्न भएको रेल्वे ट्र्याक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनीले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो। जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य सम्पन्न भएसँगै बिजलपुरासम्म आइतबारदेखि रेल सञ्चालनमा आएको हो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले रेलबाट राष्ट्रिय झण्डा देखाएर शुरूआत गरे। रेल उद्घाटनपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले यात्रुवाहक मात्रै नभएर चाँडै कार्गो रेलसेवा सञ्चालनमा ल्याउने बताए। उनले जयनगर–बिजलपुरा–सीतापुर रेल सञ्चालन यातायात क्षेत्रको नयाँ छलाङ भएको बताए। उनले रेल सञ्चालनले यो क्षेत्रको सामाजिक आर्थिक सुधार हुने विश्वास व्यक्त गरे।
मन्त्री ज्वालाले बर्दिबासदेखि निजगढसम्म यात्रुवाहक रेल पुर्याउने सरकारको प्राथमिकतामा रहेको बताए। उनले निजगढदेखि काठमाडौँसम्मको डीपीआर तयारी भएको भन्दै निर्माणको लागि सरकार छलफलमा रहेको उल्लेख गरे। उनले सरकारले रेल यातायातलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनाउने सरकारको तयारी रहेको बताए।
ठेक्का लागेका आयोजनाहरूको निर्माण कार्य विभिन्न कारणले निर्माण कार्य रोक्ने कर्मचारी र ठेकेदारलाई कारबाही गर्ने उनको भनाइ छ। उनले सरकारले मधेश प्रदेशलाई प्रमुख प्राथमिकता दिएको उल्लेख गर्दै मिटरब्याजी, लघुवित्त समस्या समाधान सरकार प्रतिबद्ध रहेको बताए।
कुर्थाबाट जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुई पटक आउने र दुई पटक जाने गरेको छ। बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्र्याक निर्माण सम्पन्न भए पनि १ किलोमिटर रेलमार्ग निर्माण गर्न बाँकी छ। रेल सञ्जाललाई नेपालमा बिस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो।
सोहीअनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो। जयनगर–कुर्थाखण्डमा रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेसन/हल्ट रहेका छन्। जयनगरबाट कुर्थासम्म कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् भने अब विजयपुरासम्म थप दुई हल्ट र दुई स्टेसन थपिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
