प्रतिनिधिसभा सदस्य एवं कांग्रेस महामन्त्री गगन थापाले विश्वविद्यालयको विधेयक ल्याउँदा कार्यपालिकाले कहीँ कतै पनि हस्तक्षेप गर्न नसक्ने गरी ल्याउनुपर्ने बताएका छन्।
काठमाडौँ– प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्वविद्यालयलाई दलीय हस्तक्षेपमुक्त गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले विश्वविद्यालयलाई दलीय हस्तक्षेपमुक्त गर्नुपर्ने बताएका हुन्।
सरकारले विश्वविद्यालय ऐन छिटोभन्दा छिटो ल्याउनुपर्ने उनको भनाइ छ। विश्वविद्यालय ऐन ल्याउन ढिलो गरेर सरकारले यसको महत्त्वलाई बुझ्न नसकेको टिप्पणी गरे। विश्वविद्यालयको विधेयक ल्याउँदा कार्यपालिकाले कहीँ कतै पनि हस्तक्षेप गर्न नसक्ने गरी ल्याउनुपर्नेमा उनले जोड दिए।
“विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नको निम्ति विश्वविद्यालयका प्राध्यापक, कर्मचारी लगायतालाई दलीय सदस्यता लिन नपाउने व्यवस्था जुन अहिले छ, हामी गम्भीरतापूर्वक ती कुराहरूलाई अक्षरशः पालना गर्छौं। कतिपय भएका कमजोरीहरूलाई सच्याउँछौँ पनि। विश्वविद्यालयको विधेयकहरू ल्याउँदै गर्दा कार्यपालिकाले कहीँ, कतै, कुनै पनि बाटोबाट हस्तक्षेप गर्न नसक्ने गरीकन बदल्नुपर्छ। यही आलोकमा अहिले आएको ऐनलाई हेर्नुपर्छ,” उनले भने।
उनले नेपाल विश्वविद्यालय ऐन नवीन प्राज्ञिक मान्यता र दृष्टिकोणका साथमा आएको आएको बताए। उनले नेपाल विश्वविद्यालयलाई पुराना विश्वविद्यालयहरूमा जस्तै दलीय भागबन्डा हुन दिनु नहुनेमा जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
