अन्जना राना मगरले दुई पेनाल्टी बचाएपछि नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको छ। जितसँगै नेपालले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण शृंखला आफ्नो पक्षमा पारेको छ।
काठमाडौँ– वैकल्पिक गोलरक्षक अन्जना राना मगरले दुई पेनाल्टी बचाएपछि नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको छ।
ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले पेनाल्टी सुटआउटमा घरेलु टोलीलाई ४-२ गोलअन्तरले पराजित गरेको हो।
जितसँगै नेपालले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण शृंखला आफ्नो पक्षमा पारेको छ। पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो।

निर्धारित सममयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।
पेनाल्टी सुटआउटमा नेपालका लागि सावित्रा भण्डारी, हिराकुमारी भुजेल, दिपा शाही र अनिता केसीले गोल गरे।

यता, गोलरक्षक अन्जनाको प्रहार भने पोलमा लागेर फर्कियो। बंगालदेशकी शम्सुन्नहार र मोनिका चक्माले गोल गरिन्। तर, शेइली अजिम र मारिया मान्डा चुकेको प्रहार अन्जनाले रोकिन्।
नेपालले चीनमा आयोजना हुने १९औँ एशियाली खेलकुदको तयारीस्वरूप बंगादेशसँग मैत्रीपूर्ण खेलेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
