महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’को कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्ड प्रस्थान गरेकी छन्। ६ दिने भ्रमणका लागि राष्ट्रपति भण्डारी सोमबार साँझ आइसल्यान्ड प्रस्थान गरेकी हुन्।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’को कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गरेकी हुन्।
राष्ट्रपति भण्डारीको बिदाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत पुगेका थिए। राष्ट्रपति आइसल्यान्ड प्रस्थानअघि उनलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारथ अर्पण गरेको थियो।
राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’समेत ग्रहण गर्ने बताइएको छ। भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम छ।






Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
