केही नेपाल ऐन संशोधन विधेयक सर्वसम्मतिले पारित

मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएसँगै मिटरब्याज पीडितले न्याय पाउने प्रक्रिया सहज हुने भएको छ।

काठमाडौँ– मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको हो।

राष्ट्रियसभामा उत्पत्ति भएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेका थिए।

प्रस्तावमाथि प्रतिनिधिसभाका १४ जना सांसदहरूले संशोधन प्रस्ताव दर्ता गरेका थिए।

सांसदहरूले दर्ता गराएको संशोधनमा मन्त्री गुरुङले प्रस्तावमा एकीकृत गरेर लैजाने प्रतिबद्धता जनाएपछि विधेयक सर्वसम्मतिले पारित भएको हो।

विधेयक पारित भएसँगै मिटरब्याज पीडितले न्याय पाउने प्रक्रिया सहज हुने भएको छ। 

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्काे बैठक आगामी साउन १० गते दिउँसो १ बजेका लागि तोकेका छन्।