जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनधिकृतरुपमा मेडिकल पसल हटाउने अभियान चलाएको छ। प्रहरीले एक महिनामा अवैध पसल चलाउने १५ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ।
कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिना अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधिसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए। “वर्षौंदेखि अनधिकृतरुपमा सञ्चालनमा रहेका मेडिकल पसल बन्द गराउने अभियान थालेका छौँ,” उनले भने, “यस क्षेत्रमा बिनाइजाजत जोखिमपूर्ण औषधिको बिक्री वितरण तथा उपचार भइरहेको पाइएको छ।”
औषधिसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अवैधानिक रूपमा मेडिकल पसल सञ्चालन गर्नेलाई कानूनी दायरामा ल्याउने काम भइरहेको एसपी थापाले जानकारी दिए। प्रहरीले गएको शुक्रबार भीमदत्त नगरपालिका क्षेत्रका ६ मेडिकल पसलमा खानतलासी गरेको थियो। ती मेडिकल पसलका चार सञ्चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–७ की विमला उपाध्याय, भीमदत्त –१६ मझगाउँका राजेन्द्रबहादुर चन्द, भीमदत्त–१० सुकासालका सुरेश पाण्डेय र सोही ठाउँका मोहनबहादुर रोकाया छन्। दुई सञ्चालक भीमदत्त –१६ वसन्तपुरका वीरेन्द्रराज पन्त र भीमदत्त–१३ साझा चौराहका रामबहादुर विष्ट भने फरार छन् । पन्तको मेडिकल पसलबाट ९४ प्रकारका औषधि र विष्टको मेडिकल पसलबाट १२५ प्रकारका औषधि बरामद गरिएको थियो।
यसअघि प्रहरीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका क्षेत्रबाट ११ मेडिकल सञ्चालक पक्राउ परेका थिए। उनीहरूलाई औषधिसम्बन्धी कसुरमा कञ्चनपुर जिल्ला अदालतमा मुद्दा चलाइएको र उनीहरू धरौटीमा रिहा भएको एसपी थापाले जानकारी दिए।
प्रहरीको खानतलासका क्रममा बिनाइजाजतका औषधि बिक्री वितरण गर्दै आएको, नाम बिनाको मेडिकल सञ्चालन गरेको, पसलमा कुनै बोर्ड नरहेको, इजाजत पत्र नराखेको र बिनासिफारिस बिक्री वितरण गर्न नपाइने जोखिमपूर्ण औषधि बिक्रीका लागि तयारी अवस्थामा राखेको पाइएको छ। मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १९ अनुसार कानूनबमोजिम औषधि बिक्री वितरण गर्न पाउने व्यक्तिले उपचार गर्न पाउने इजाजत प्राप्त व्यक्तिको सिफारिसबिना कसैलाई मानव शरीरमा गम्भीर असर हुने कुनै लागूऔषध, विषादी वा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न पाइँदैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
