काठमाडौँ महानगरले यस वर्ष फोहोर व्यवस्थापनमा समस्या हुँदैन भने पनि साउन लागेसँगै फोहोर रोकिन थालेको छ। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सोमबारदेखि ककनी र धुनीबेँसीका स्थानीयले अवरोध गरेका छन्।
काठमाडौँ– पटक–पटक रोकिँदै आएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन सोमबारदेखि पुनः रोकिएको छ। अन्तिम फोहर व्यवस्थापनस्थल आसपासका स्थानका बासिन्दाको अवरोधका कारण सोमबार काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुन नसकेको हो।
यसअघि काठमाडौँ महानगरपालिकासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका केही बासिन्दाले अवरोध गरेकाले सोमबार उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन नसकेको हो। धुनीबेँसी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार सहमति भएको एक वर्ष बितिसक्दासम्म महानगरले स्थानीयको मागप्रति बेवास्ता गरेकाले सोमबारदेखि फोहोर व्यवस्थापनमा रोक लगाइएको हो।
“फोहोर र मानिससँगै बस्नै सक्दैन, कि फोहोरलाई अन्यत्र व्यवस्थापनका लागि प्रबन्ध गर्नुपर्यो कि उक्त स्थानका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्यो, अन्यथा फोहोर व्यवस्थापनमा समस्या आइरहन्छन्,” उनले भने।
सोमबार बिहान फोहोर बोकेर ल्यान्डफिल्ड साइटमा जाँदै गरेका गाडी स्थानीयको अवरोधका कारण बञ्चरेडाँडा र सिसडोलको बीचमै रोकिएको पनि वडाध्यक्ष तामाङले जानकारी दिए। फोहोर बोकेका करिब ५० वटा गाडी रोकिएका थिए। स्थानीयले सहमतिका नाममा आफूहरूलाई झुकाइएको आरोप लगाएका छन्। काठमाडौँ महानगरले यसअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर कुहिने फोहोर मात्र व्यवस्थापन गर्नेलगायत सहमति ल्यान्डफिल्ड साइट पीडित क्षेत्रका बासिन्दासँग गरेको थियो।
काठमाडौँ महानगरको पूर्वाधार सल्लाहकार सुनिल लम्सालले यसअघि स्थानीयसँग भएको सम्झौताअनुसार नै काम भइरहेको भन्दै फोहोर व्यवस्थापनमा रोक लगाउनु राम्रो नभएको बताए। “स्थानीयको मुख्य माग आसपासका तीन हजार रोपनी जग्गा अधिग्रहण गरिदिनुपर्यो भन्ने हो काठमाडौँ महानगरले मात्र गर्न सक्दैन त्यसका लागि केन्द्र सरकारसँग छलफल भइरहेको छ,” उनले भने।
विगतका वर्षमा पनि स्थानीयकै अवरोधका कारण उपत्यकाको फोहोर महिनौँ सडकमै थुप्रने गरेको थियो। काठमाडौँ महानगरले यस वर्ष फोहोर व्यवस्थापनमा कुनै समस्या हुँदैन भने पनि साउन लागेसँगै फोहोर रोकिन थालेको छ। यसअघि सिसडोलमा व्यवस्थापन हुँदै आएको उपत्यकाको फोहोर गत भदौ सातदेखि बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
