समूह ‘बी’को खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एशिया कपको समूह चरणबाटै बाहिरिएको छ।
काठमाडौँ– नेपाल एसीसी इमर्जिङ टिम्स एशिया कपको समूह चरणबाटै बाहिरिएको छ। सोमबार सम्पन्न समूह ‘बी’को खेलमा भारत ‘ए’ सँग ९ विकेटको फराकिलो हार ब्यहोरेसँगै नेपाल एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको हो।
जितसँगै २ खेलमा ४ अंक जोडेको भारत र पाकिस्तान समूह ‘बी’बाट एक खेलअगावै सेमिफाइनलमा पुगेको छ।
नेपालले पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटको पराजय बेहोरेको थियो। यता, भारतले पहिलो खेलमा यूएई ‘ए’ लाई ८ विकेटले पराजित गरेको थियो।
सोमबार नै सम्पन्न खेलमा यूएई ‘ए’ माथि १८४ रनको फराकिलो जित निकाल्दै पाकिस्तान पनि सेमिफाइनलमा पुगेको छ।
नेपालले दिएको १६८ रनको लक्ष्य भारतले २२.१ ओभरमा मात्र १ विकेट गुमाउँदै भेट्टायो।
भारतका लागि अभिषेक शर्माले सर्वाधिक ८७ रन बनाए। उनले ६९ बलमा १२ चौका र २ छक्का प्रहार गरे। त्यस्तै साई सुदर्शनले ५२ बलमा ८ चौका र १ छक्काको मद्दतमा अविजित ५८ बनाए। पहिलो विकेटका लागि अभिषेक र साईले १३९ रनको साझेदारी गरेका थिए। यता, ध्रुव जुरे २१ रनमा अविजित रहे।
नेपालका लागि १ मात्र विकेट कप्तान रोहितकुमार पौडेलले लिए।
त्यसअघि श्रीलंकास्थित आर प्रोमादासा क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन बनायो।
नेपालका रोहितकुमार पौडेलले सर्वाधिक ६५ रन बनाए। उनले ८५ बलमा ७ चौका प्रहार गरे। त्यस्तै गुलशन झाले ३८ रन बनाए। रोहितले सातौँ विकेटका लागि गुलशनसँग ५४ रनको साझेदारी गरे।
देव खनाल १५ र सोमपाल कामी १४ रनमा आउट भए। रोहितले छैटौँ विकेटका लागि सोमपालसँग ५३ रनको साझेदारी गरेका थिए।
भारतका लागि निशान्त सिन्धुले सर्वाधिक ४ विकेट लिए। यता, राजवर्धन हांगरगेकरले ३, हर्षित रानाले २ र मानव सुतहरले १ विकेट लिए।
अब बुधबार नेपालले युएई ‘ए’ र भारतले पाकिस्तान ‘ए’ को सामना गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
