राज्यमन्त्री क्वीन्सले नेपाली नर्सको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने धारणा राखेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।
लन्डन– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र बेलायतका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्सबीच भेटवार्ता भएको छ।
सोमबार बेलायतको स्वास्थ्य मन्त्रालयमा भएको भेटमा मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक र सामाजिक विकास विशेषगरी स्वास्थ्य क्षेत्रमा पुर्याएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरे।
उनले हालै भएको बेलायतमा नेपाली नर्सका लागि रोजगारी सम्बन्धी सम्झौताप्रति खुशी व्यक्त गर्दै नेपाली स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिका लागि सहयोग गर्नसमेत अनुरोध गरे।
बेलायती स्वास्थ्यमन्त्री क्वीन्सले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहने, नर्सिङ क्षेत्रको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि कार्य भइरहेको र नेपाली नर्सको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने धारणा राखेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।
स्वास्थ्यमन्त्री बस्नेतले विन्चेस्टरमा रहेको रोयल ह्याम्सायर काउन्टी हस्पिटलको तालिम केन्द्र, इमर्जेन्सी विभाग तथा वार्डहरूको भ्रमण गरेका छन्। उनले त्यहाँ नेपालबाट ल्याइने नर्सहरूको तालिम तथा स्थानान्तरण प्रक्रियाका बारेमा जानकारी लिएको दूतावासकी उपनियोग प्रमुख रोशन खनालले बताइन्।
उक्त भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसमेत सहभागी थिए। बस्नेत गत असार २९ गते बेलायत भ्रमणमा आएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
