जर्मनीले सम्झौताको म्याद लम्ब्याउन रुससँग आग्रह गरेको छ। जर्मन सरकारका प्रवक्ता क्रिस्टिन होफमानले विश्वका निर्धन मानिसलाई द्वन्द्वको सिकार बनाउन नहुनेमा जोड दिएकी छन्।
रुसले ब्ल्याक सीहुँदै अन्न निर्यात गर्ने सम्झौता समाप्त भएको घोषणा गरेको छ। सोमबार मध्यरातदेखि सम्झौताको वास्तविक म्याद सकिएको जनाएको हो।
यद्यपि, आफूले अघि सारेका सर्त पूरा भएमा पुनः सम्झौतामा फर्कनसक्ने रुसको स्पष्टोक्ति छ। सम्झौता सकिएपछि यसबारे टर्की, युक्रेन र संयुक्त राष्ट्र संघलाई सूचना पठाइएको रुसी समाचार माध्यमले जनाएका छन्।
राष्ट्रसंघ र टर्कीको मध्यस्थतामा भएको उक्त सम्झौता राम्ररी कार्यान्वयन नभएको अरोप लगाउँदै क्रेमलिनले त्यसलाई पालना नगर्ने धम्की दिएको छ। “ब्ल्याक सी सम्झौताको वास्तविक समाप्त भएको छ,” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्, “रुसी पक्षसम्बन्धी सम्झौताका बुँदा पूरा हुने बित्तिकै मस्को त्यसमा फर्किन्छ।”
यसैबीच, अन्न सम्झौताबाट बाहिरिने रुसको घोषणालाई अमेरिकाले क्रूर निर्णय भनेको छ। राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले मस्कोले मानवतालाई बन्धक बनाएको आरोप लगाइन्।
उता, जर्मनीले सम्झौताको म्याद लम्ब्याउन रुससँग आग्रह गरेको छ। विश्वका निर्धन मानिस द्वन्द्वको सिकार हुनुहुँदैन भन्दै जर्मन सरकारका प्रवक्ता क्रिष्टिन होफमानले खाद्यान्नजस्तो संवेदनशील विषयमा क्रेमलिन संवेदनाविहीन हुननहुनेमा जोड दिएकी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
