पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे शुरू हुने बैठकको प्रत्यक्ष प्रशारण गर्ने तयारी छ। यसअघि सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले विभिन्न १० अजेन्डा तय गरेको थियो।
काठमाडौँ– कांग्रेस केन्द्रीय समिति बैठक झन्डै एक वर्षपछि मंगलबार शुरू हुँदैछ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यसअघि सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न १० अजेन्डा तय गरेको थियो।
बैठकमा समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदनका लागि पेस गर्ने, सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैगरी, विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको छ।
बैठकको प्रत्यक्ष प्रशारण गर्ने तयारी भइरहेकाे मुख्यसचिव पौडेलले जानकारी दिए। यसअघि असार २७ गते तय भएको बैठक आजलाई सारिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
