प्रतिवेदन बुझाइसकेपछि बोल्दै कांग्रेस नेता गुरु घिमिरेले पार्टीमा देखिएको यथास्थितिले आगामी दिनमा आउन सक्ने चुनौतीको सामना गर्न नसक्ने बताए।
काठमाडौँ– नेपाली कांग्रेसको रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझाएको छ। मंगलबारको पार्टी केन्द्रीय कार्यसमिति बैठकअघि अभियानले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन पार्टीलाई बुझाएको हो।
प्रतिवेदन बुझाइसकेपछि बोल्दै कांग्रेस नेता गुरु घिमिरेले कांग्रेसले यथास्थितिले आगामी दिनमा आउन सक्ने चुनौतीको सामना गर्न नसक्ने बताए। उनले कांग्रेसलाई आन्तरिक रूपबाटै सुदृढ बनाएर विभिन्न आयाममा देखिएका समस्यालाई समाधान नगरे पार्टीका अवयवलाई क्रियाशील र गतिशील बनाउन नसकिने बताए।
“पार्टीका आन्तरिक अव्यवस्थाहरूलाई हटाउन सकेनौँ भने हामी अघि बढ्न सक्दैनौँ,” उनले भने, “मूलतः नेपाली कांग्रेसलाई आन्तरिक रूपबाटै सुदृढ बनाएर विभिन्न आयाममा देखिएका विभिन्न खाले समस्यालाई समाधान गरेर पार्टीका अवयवलाई क्रियाशील र गतिशील बनाएर पार्टीका भ्रातृ संगठनलाई व्यवस्थित बनाई समग्र रूपबाट पार्टीको रूपान्तरण गर्न सकेनौँ भने नेपाली कांग्रेसका आउने चुनौती हामीले समाधान गर्न सक्दैनौँ।”
प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने कोशिश गरे पनि भेट हुन नसकेपछि पार्टी मुख्यसचिवमार्फत बुझाएको उनको भनाइ छ। कांग्रेस रूपान्तरण अभियानले गत जेठ ११ देखि ३१ गतेसम्म सातै प्रदेशमा भेला गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
