महाशाखाका अनुसार असार २७ गते एक हजार ३३७ संक्रमण भएकोमा साउन १ गतेसम्म आइपुग्दा संख्या बढेर दुई हजार ९३० जनामा डेंगीको संक्रमण देखिएको छ।
काठमाडौँ– पछिल्लो समय डेंगी संक्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेंगी संक्रमण उच्च भएको हो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्तायता संक्रमण बढेको बताए।
उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन। सोही कारण संक्रमण दैनिक बढिरहेको छ। पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर संक्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए।
डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेंगी संक्रमण हुन्छ। एक हप्तामा बीचमा एक हजारभन्दा बढी डेंगीका बिरामी भेटिएका छन्।
महाशाखाका अनुसार यही असार २७ गते एक हजार ३३७ संक्रमण भएकोमा साउन १ गतेसम्म आइपुग्दा संख्या बढेर दुई हजार ९३० जनामा डेंगीको संक्रमण देखिएको छ।
यो पनि – डेंगी : हल्का रूपमा नलिऊँ
यसपटक कोशी प्रदेशमा संक्रमण बढेको पाइएको छ। कोशी प्रदेशमा एक हजार ७४६, बागमती प्रदेशमा ४६८, सुदूरपश्चिम प्रदेशमा २७९, गण्डकी प्रदेशमा २६९, लुम्बिनी प्रदेशमा १३४, कर्णाली प्रदेशमा १८ जना र मधेश प्रदेशमा १६ जनामा संक्रमण देखिएको छ।
१० जिल्लामा बढी संक्रमण
नयाँ देखिएका बिरामीमध्ये ८२ प्रतिशत बिरामी १० जिल्लाका रहेका छन्। सबैभन्दा बढी सुनसरी जिल्लामा एक हजार ५७१, धादिङ २५६, दार्चुला १८८, कास्की एक सय ४९, संखुवासभा ५८, काठमाडौँमा ४६, कञ्चनपुर ३९, भक्तपुर ३५, म्याग्दी ३५ र झापा ३२ जनामा डेंगीका बिरामी भेटिएका छन्।
नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो। मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ।
सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
