नाटक मन्टेश्वरीदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई लक्षित गरिएको भए पनि अभिभावक, शिक्षक र नाटकप्रेमीका लागिसमेत उत्तिकै महत्त्वपूर्ण छ।
गण्डकी– पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन ‘करेसा कन्सर्ट’ नाटक तयार पारेका छन्।
करेसाबारीमा फल्ने फर्सी, प्याज, गोलभेँडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, काँक्रो, मुला, खुर्सानी, बेसारलगायतको विशेषताबारे नाटकका माध्यमबाट बुझाउन खोजिएको छ।
नाटकमा फर्सीबहादुरका रूपमा रमेशबाबु तिमल्सिना, प्याजीमाया बनेर अन्जु दाहाल, गोलभेँडाको भूमिकामा रोशनी रामदामले, लसुन बनेर दिपसना विश्वकर्मा, साग बनेर अनुसा परियार र करेली बनेर रन्जु दाहालले अभिनय गरेका छन्।
त्यस्तै अदुवा बनेर समीर पुन, लौका बनेर नम्रता ढकाल, धनियाँ बनेर पूर्णिमा अर्याल, काँकरी बनेर सोनिया कार्की खत्री, मुलाबाबु बनेर रायन गुरुङ, भाले बनेर रोहित पौडेल र चिल्ली बनेर धनकाजी श्रेष्ठले अभिनय गरेका छन्। गन्धर्व नाटक घरको स्टेजमा सुन्दर करेसाबारी निर्माण गरिएको छ।
केदार श्रेष्ठद्वारा लिखित नाटक अन्जु दाहालको निर्देशनमा तयार पारिएको हो। बालबालिकालाई लक्षित गरेर नाटक तयार गरिएको श्रेष्ठले बताए।
‘बुकिङ सो’मार्फत पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखाइएको उक्त नाटक दर्शकलाई लक्षित गरेर ‘पब्लिक सो’मार्फत पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबार दिउँसो १ बजे मञ्चन गरिने भएको छ।
पोखरा थिएटरका अध्यक्ष परिवर्तनले नाटक मन्टेश्वरीदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई लक्षित गरिएको भए पनि अभिभावक, शिक्षक र नाटकप्रेमीका लागि समेत उत्तिकै महत्त्वपूर्ण रहेकाले पब्लिक सोका रूपमा मञ्चन गर्न लागिएको जानकारी दिए।
७० मिनेट लामो उक्त नाटकमा संगीत संयोजक कमल केसी, मञ्च सजावटको काम अमृत परियार र प्रकाश परिचालन मिलन श्रेष्ठले गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
