सुन बरामद प्रकरण: विमानस्थलबाट भारतीय नागरिक पक्राउ

उक्त सुन बरामद प्रकरणमा पक्राउ पर्नेको संख्या सात पुगेको छ। 

तस्वीर: किसन पाण्डे

काठमाडौँ– बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेटबाट बरामद भएको सुन प्रकरणमा संलग्न रहेको आशंकामा चिनियाँ मूलका भारतीय नागरिक पक्राउ परेका छन्।

बिहीबार राजस्व अनुसन्धान विभागले विमानस्थलबाट उनलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिको पहिचान खुलाइएको छैन।

योसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ।