सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्येका एक जना हर्क राईले आफूहरूलाई सामान लिन पठाइएको र त्यो सुन हो भन्ने थाहा नभएको बताएका छन्।
काठमाडौँ– बुधबार साँझ त्रिभुवन विमानस्थलबाट जाँच पास भएर बाहिरिने क्रममा समातिएको करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा अहिलेसम्म पाँच जना नेपाली र एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
उनीहरूलाई राजस्व अनुसन्धान विभागले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। हङकङबाट आएको त्यो सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएपछि ट्याक्सीमा राख्नेक्रममा विभागको टोलीले बरामद गरेको थियो। त्यसक्रममा तीन जना पक्राउ परेका थिए भने थप व्यक्ति बिहीबार पक्राउ परेका हुन्।
पक्राउ परेकामध्येका एक जना हर्क राईले आफूहरूलाई सामान लिन पठाइएको र त्यो सुन हो भन्ने थाहा नभएको बताएका छन्। राजस्व अनुसन्धान विभागको नियन्त्रणमा रहेका उनले आफूलाई सामान लिन गइदेऊ भनेकाले विमानस्थल गएको बताए।
“मलाई सामान लिन गइदेऊ भनेपछि गएको हुँ। म सुन तस्करी गर्ने मान्छे पनि होइन। त्यो सामानभित्र के थियो भन्ने पनि मलाई थाहा थिएन,” उनले भने, “म बूढानीलकण्ठ बस्छु। मलाई फसाइएको छ। मेरा बालबालिका घरमा भोकै छन्।”

सुन दिलीप भुजेल सञ्चालक रहेको रेडी ट्रेड प्राइभेट लिमिटेडका नाममा आएको देखिएको विभागले जनाएको छ। कम्पनीका सञ्चालक भुजेल तिब्बती मूलका भारतीय नागरिक थुक्तेन छिरिङ, सुन ओसार्न प्रयोग भएको ट्याक्सीका चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र कुमार, हर्क राई र रामकुमार भुजेललाई विभागको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। अर्का चिनियाँ नागरिकको परिचय खुलिसकेको छैन। बा२ज २३२४ नम्बरको ट्याक्सीभित्र ३२० वटा ब्रेक प्याडमा सुन ल्याइएको विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
