सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धानका लागि उच्च अदालत पाटनले १० दिनको म्याद दिएको छ।
काठमाडौँ– त्रिभुवन विमानस्थलबाट जाँच पास भएर बाहिरिने क्रममा बुधबार साँझ समातिएको करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा अहिलेसम्म पाँच जना नेपाली र दुई जना विदेशी नागरिक पक्राउ परेका छन्। उनीहरूमध्ये ६ जनामाथि जिल्ला अदालतबाट म्याद लिएर राजस्व अनुसन्धान विभागले अनुसन्धान थालेको छ भने एक जनामाथि शुक्रबार म्याद लिएर अनुसन्धान गरिने भएको छ।
“हामीले करिब १०० किलो सुनसहित दुई जना विदेशी नागरिकसहित सात जनालाई पक्राउ गर्न सफल भएका छौँ। विदेशी नागरिक भनेका एक चिनियाँ र एक भारतीय नागरिक हुन्। तीमध्ये ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकिएको छ। चिनियाँ नागरिकलाई भोलिसम्ममा अदालत लगेर म्याद थपिने छ,” राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले भने। अनुसन्धानका लागि उच्च अदालत पाटनले १० दिनको म्याद दिएको हो।
हङकङबाट आएको त्यो सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएपछि ट्याक्सीमा राख्नेक्रममा विभागको टोलीले बरामद गरेको थियो। बरामद भएको सुन बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोखिएको छ। त्यहाँ ब्रेकशुसहित जोख्दा यसको कुल परिणाम १५५ किलोग्राम देखिएको बताइएको छ। सुन जोख्न लगिँदा र पक्राउ परेकालाई म्याद थप्न अदालततर्फ लाँदै गर्दाका तस्वीरहरू:











Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
