गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई गम्भीरतापूर्वक अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ– उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन विमानस्थलबाट अवैध रूपमा भित्र्याइएको एक क्विन्टल सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताएका छन्।
उनले यस्ता घटनाहरूबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नफसून भनेर यसअघि नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको स्मरण गराए। बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सुरक्षा निकायका पूर्वउच्च अधिकारीहरूसँगको छलफलपछि गृहमन्त्री श्रेष्ठले दोषीलाई छिट्टै कानूनको दायरामा ल्याउने गरी अनुसन्धानको कामलाई अघि बढाइएको बताएका हुन्।
“जुनसुकै निकायले गर्नुपर्ने भए पनि, जुनसुकै घटना भए पनि निर्दोष नफसून र, घटना क्रमको वा कुनै पनि परिघटनाको सन्दर्भमा अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी होस्। र, दोषीलाई चाहिँ कानूनको दायरामा ल्याउने गरी होस् भन्ने हाम्रो स्टयान्डबाई निर्देशन छ। त्यसै आधारमा हुन्छ,” उनले भने।
उनले अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा आफूले यसअघि पनि छलफल गरेको र त्यसलाई छिट्टै निष्कर्षमा पुर्याउने आश्वासनसमेत दिए। अर्थ मन्त्रालयसँग समन्वय गरेर सो कामलाई अघि बढाउने गृहमन्त्री श्रेष्ठको भनाइ थियो।
गृहमन्त्री श्रेष्ठले गृह मन्त्रालयको समग्र क्षेत्रको पुनर्संरचना गरेर सुशासन कायम गर्नका लागि आफूले एउटा कार्यदल नै बनाउने घोषणा गरिसकेको पनि दोहोर्याए। उनले कार्यदलअन्तर्गत उपकार्यदलसमेत बनाएर गृह मन्त्रालयको कामलाई प्रभावकारी बनाउनुपर्नेमा आफूले शुरूदेखि नै जोड दिएको दाबीसमेत गरे। उनले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयअन्तर्गत ल्याउने विषयमा पनि छलफल भइरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
