ब्रजिलका प्रशिक्षक टिटेले अनुभवी र युवा खेलाडी समेटेर २६ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेका छन्।
काठमाडौँ– दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले फिफा विश्वकप खेल्ने टोलीको घोषणा गरेको छ।
मंगलबार प्रशिक्षक टिटेले २६ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेका हुन्। टोलीमा अनुभवी र युवा खेलाडीको सम्मिश्रण छ।
टिटेले गोलरक्षकमा एडरसन, एलिसन र वेभर्टनलाई टोलीमा समेटेका छन्। ब्राजिलको रक्षापंक्ति थियागो सिल्भा र ड्यानी आल्भेस मार्किन्हस, ड्यानीलो, एडर मिलिसाओ, एलेक्स टेलेस, एलेक्स सान्ड्रो र ब्रेमरले सम्हाल्ने छन्।
मिडफिल्डमा क्यासेमिरो र फाबिन्होसँगै लुकास पाक्वेटा, फ्रेड, ब्रीमर र एभर्टन रिबिएरो छन्। आक्रमणमा ब्राजिलसँग धेरै विकल्प रहेको छ। नेयमार, रिचारलीसन, भिनीसियस जुनिअर, एन्टोनि, राफिन्हा, रोड्रीगो, पेड्रो, ग्याब्रिएल जेसस र ग्याब्रिएल मार्टिनेली टोलीमा परेका छन्।
रोबर्टो फिर्मिनोले भने टोलीमा स्थान बनाउन सकेनन्। ब्राजिल रहेको समूह जी मा सर्बिया, स्विटजरल्यान्ड र क्यामरुन छन्। ब्राजिलले पहिलो खेल मङ्सिर ८ गते राती १२ः४५ बजे सर्बियासँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
