नाटकलाई प्रसिद्ध रंगकर्मी घिमिरे युवराजले निर्देशन गरेका छन्। उनको अभिनय पनि देख्न पाइन्छ। नाटक साउन ५ गतेदेखि भदौ २ गतेसम्म मञ्चन हुनेछ।
काठमाडौँ– लेखक तथा नाटककार कुमार नगरकोटीको नाटक ‘ट्रान्जिट’ शिल्पी थिएटरमा शुक्रबारदेखि मञ्चन हुँदैछ। एक महिना मञ्चन हुने नाटकमा भूत, वर्तमान र भविष्यको ‘काल यात्रा’लाई विषय बनाइएको छ।
विगतको यात्रामा निस्किएकी पात्र मायावी आफ्नो जीवनकालभन्दा १०० वर्षअघिको ‘ट्रान्जिट’मा अड्किएकी छन्, जहाँ त्यस समयका विख्यात नाटककार मावन शास्त्रीसँग उनकै रहस्यमयी स्टुडियोमा भेट हुन्छ। नाटकले गति लिने क्रममा विभिन्न अनौठा र रहस्यमयी पल्ट (कथा)ले नगरकोटीको लेखनीको आभास दिन्छ।
नगरकोटीको कथा, उपन्यास, कविता आदिमा पाइने स्वरकल्पना, फरक शिल्प, शैली र मिठास यस नाटकमा पनि देख्न पाइन्छ। नाटकमा प्रयोग भएका गहन मेटाफोर, सन्दर्भ विशेषमा विश्वविश्यात कविका कविताहरू र पात्रहरूको मनोवैज्ञानिक पाटोले नाटकलाई प्रयोगात्मक बनाएको छ।

नाटकलाई प्रसिद्ध रंगकर्मी घिमिरे युवराजले निर्देशन गरेका छन्। उनको अभिनय पनि देख्न पाइन्छ। त्यसबाहेक शिल्पा मास्के, आकांक्षा कार्की, बासना तिमिल्सिना, दिव्य देव, मिल्सन राईलगायत कलाकारको अभनिय उत्कृष्ट छ। स्टेज परिकल्पना, लाइट तथा ध्वनीमा निकै राम्रो काम भएको छ। बिहीबार नाटकको ‘प्रिमियर शो’ गरिएको थियो।
कवि श्रवण मुकारूङ भन्छन्, “यसअघि घिमिरे युवराजका नाटकमा केही कमी हो कि जस्तो महसुस हुनेलाई पनि यो नाटकले जवाफ दिएको छ। यसपटक उनले पूर्ण काम गरेका छन्। यो नाटक उनको करियरको उत्कर्ष हो।”
नाटककार नगरकोटीको यसअघि ‘कोमाः अ पोलिटिकल सेक्स’, ‘बाथटब’ जस्ता नाटक मञ्चन भइसकेका छन्। नाटक साउन ५ गतेदेखि भदौ २ गतेसम्म हरेक साँझ ५ः३० बजे (मंगलबारबाहेक) शिल्पी थिएटरमा मञ्चन हुनेछ।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
