संसदीय समितिको बैठकमा कांग्रेस सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीले तत्काल राजीनामा दिई सुन तस्करी प्रकरणसम्बन्धी अनुसन्धानलाई सहज बनाउनुपर्ने बताएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्।
शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले सुन तस्करीबारे छानबिनमा सघाउन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका हुन्।
उनले मन्त्रीद्वय श्रेष्ठ र महतले पदबाट राजीनामा दिएर सुन तस्करी प्रकरणको छानबिनमा सघाउनुपर्ने बताए। अर्थमन्त्री र गृहमन्त्रीलाई जानकारी नहुनु र प्रधानमन्त्रीले समात्न लगाउने कुरा सरकारको काम कारबाहीसँग मिल्दोजुल्दो नभएको उनको तर्क छ।
“अर्थमन्त्री र गृहमन्त्रीले क्विन्टल क्विन्टल सुन थाहा नपाईकन उहाँहरूको मातहतका निकायका मानिसले थाहा नपाउने र आएर प्रधानमन्त्रीको कार्यालयले इन्टरभेन गरेर सुन समातिएको देखिन्छ, अब प्रधानमन्त्रीलाई त धन्यवाद दिनुपर्यो। उहाँ धन्यवादको पात्र हुनुहुन्छ, यो देशमा। तर नैतिकताका हिसाबले देशमा यत्रो सुन क्विन्टल क्विन्टल सुन छिर्दा थाहा नपाउने अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा अनुसन्धानको प्रक्रियालाई सहज बनाउन उहाँहरूले राजीनामा दिनुपर्छ कि पर्दैन? कुरा यो हो,” उनले भने।
सांसद शर्माले दुवै जना मन्त्रीले तत्काल राजीनामा दिई अनुसन्धानलाई सहज बनाउनुपर्ने बताए। अनियमितताको कुरामा पक्ष–विपक्ष पार्टीको कुरा नरहने भन्दै नागरिक, देश र जनताको विषयलाई हेर्न आग्रह गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
