साउदीमा सन् २०१५ मा राजा सलमानले सत्ता सम्हालेयता एक हजारभन्दा बढीलाई मृत्युदण्ड दिइएको ईएसओएचआर र बेलायतस्थित अधिकारवादी समूह रिप्रिभद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख छ।
साउदी अरबमा पछिल्लो छ महिनामा कम्तीमा ६४ जनालाई मृत्युदण्ड दिइएको पाइएको छ।
युरोपेली ‘साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स (ईएसओएचआर)'ले प्रकाशित गरेको प्रतिवेदनले साउदी अरबले मृत्युदण्डको निरन्तर प्रयोग गरिरहेको भन्दै आलोचना गरेको हो।
यसले ‘भिजन २०३०’ सामाजिक र आर्थिक सुधार अजेन्डामार्फत आफ्नो छवि नरम पार्ने साउदी अरबको प्रयासलाई कमजोर पार्ने बताइएको छ।
एएफपीले सरकारी सञ्चारमाध्यममा आधारित भएर तयार पारेको अर्को तथ्यांकअनुसार जुनसम्म ६३ जना र यो महिनासम्म ७४ जनालाई मृत्युदण्ड दिइएको छ।
ईएसओएचआरले भनेको छ, “यो डरलाग्दो दर र साउदी अरबले प्रतिज्ञा गरेको, अन्तर्राष्ट्रिय दायित्व र कानूनको निरन्तर उपेक्षा गर्दा साउदी अरबमा मृत्युदण्डको सजाय भोगिरहेका कैदीको जीवनमाथि खतरा बढ्दै गएको पुष्टि हुन्छ।” यसवर्ष मारिएकाको वास्तविक संख्या ‘गोप्य’ वा ‘अघोषित’ मृत्युदण्डका कारण बढी हुन सक्ने बताइएको छ।
उता, साउदी सरकार भने मृत्युदण्ड दिइएका व्यक्तिको शव रोक्ने आफ्नो नीतिमा अडिग रहेको छ।
ईएसओएचआर र एएफपी दुवैको तथ्यांकले गतवर्ष घोषणा गरिएका कुल १४७ मृत्युदण्डको संख्यासँग मेल नखाने गरी अहिले साउदी अरब अगाडि बढ्न नसकेको संकेत गरेको छ। जुन सन् २०२१ को ६९ को आँकडाभन्दा दोब्बरले बढी हो।
सन् २०२२ मा ‘आतंकवाद’ सँग सम्बन्धित अपराधमा संलग्न भएको भन्दै एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइएको थियो। सन् २०१५ मा राजा सलमानले सत्ता सम्हालेयता एक हजारभन्दा बढीलाई मृत्युदण्ड दिइएको ईएसओएचआर र बेलायतस्थित अधिकारवादी समूह रिप्रिभद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख छ।
यद्यपि, मृत्युदण्ड घटाउने साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले धेरै पटक प्रतिबद्धता जनाइसकेका छन्।
सन् २०२२ मार्चमा ‘द एटलान्टिक’ पत्रिकालाई दिएको अन्तर्वार्तामा मोहम्मदले हत्या वा कसैले ‘धेरै मानिसको जीवनलाई खतरामा पारेको’ अवस्थामा बाहेक मृत्युदण्डको सजायबाट राज्य मुक्त भएको बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
