उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सकारात्मक रहेको बताएका छन्।
काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सकारात्मक रहेको बताएका छन्। नेपाल रत्न तथा आभूषण संघको १८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नेपाल रत्न तथा आभूषण संघले व्यवसायीको हकहित संरक्षणका साथै मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निकासी अभिवृद्धि गरी मुलुकमा राजस्वमा योगदान दिइरहेको बताए।
“रत्न तथा आभूषण व्यवसायमा संलग्न भई देशभर छरिएर रहेका व्यवसायीहरूको छाता संगठनको रूपमा रहेको यस संघले व्यवसायीको हक हित संरक्षण कामका अलावा मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निकासी अभिवृद्धि गरी मुलुकमा राजश्वमा योगदान दिइरहेको छ,” उनले भने, ”नेपाल सरकारले पनि यस व्यवसायको प्रवर्द्धनका लागि सदैव सकारात्मक भूमिका खेल्ने विश्वास दिलाउन चाहन्छु।”
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सुनचाँदी व्यवसायलाई परिष्कृत र पुरस्कृत गर्न जरुरी रहेको बताए। उनले सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्ने कुरामा सरकारले ध्यान दिन आवश्यक रहेको उल्लेख गर्दै सुनचाँदीमा लगाइएको २ प्रतिशत थप सेवा शुल्क हटाउन माग गरे। सुनचाँदी जस्तो अत्यावश्यक व्यवसायमा अतिरिक्त कर नलगाउन पनि उनले आग्रह गरे।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बजारमा माग घटेसँगै व्यापार, व्यवसाय खुम्चिन थालेको बताए। आयात बढेको, निर्यात घटेकाले व्यापार घाटा चुलिइरहेको उनको भनाइ छ। सरकारी खर्च झनै बढ्दै जाँदा राजस्व पनि क्रमशः घटिरहेको बताएका उनले बैंकिङ क्षेत्रमा थुप्रिएको रकमलाई लगानी गर्ने अवस्था नरहेको जिकिर गरे। प्रताडित रहेको निजी क्षेत्रलाई कसले सम्हाल्ने भन्दै उनले चिन्ता व्यक्त गरे।
नेपाल उद्योग वाणिज्य महासंघको एसाेसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले नेपालको बढ्दो घाटा कम गर्न सुनचाँदी व्यवसायलाई प्रवर्द्धनको आवश्यकता औँल्याइन्। उनले नेपाली गरगहनाको अन्तर्राष्ट्रिय बजारमा माग बढिरहे पनि माग सम्बोधन गर्न नसकिएको गुनासो गर्दै माग पूर्ति गर्न सरकारको नीतिगत सहयोग आवश्यक रहेको बताइन्।
नेपाल रत्न तथा आभूषण संघकी निवर्तमान अध्यक्षसमेत रहेकी श्रेष्ठले विदेश जाने नेपालीले लगाएको गहना स्वदेशमै राखेर गएमा फर्कँदा भन्सारमा झन्झटिलो नहुने व्यवस्थाका लागि संघले गरेको पहल सकारात्मक भइरहेको बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
