कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउन पार्टीभित्र देखिएका मतभेद तत्काल अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउनका निम्ति पार्टीभित्र देखिएका मतभेद तत्काल अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।
शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको जिल्ला सम्मेलनमा बोल्दै उनले आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन पनि कांग्रेसभित्र देखा परेका मतभेदलाई अन्त्य गर्न ढिलाइ गर्न नहुने बताएका हुन्।
“अहिले समावेशी समानुपातिक प्रतिनिधित्व छ। त्यसैले बहुमत आउन सक्दैन भन्ने भनाइ पनि छ। तापनि हामीले आपसी मतभेदहरू हटाउन सक्यो भने, आपसका मनोमालिन्यहरू हटाउन सक्यौ भने हाम्रो पार्टीले बहुमत ल्याउन सक्नेछ,” उनले भने।
लोकतन्त्रलाई सुदृढ बनाउन र मुलुकमा स्थायी शान्ति र समृद्धि ल्याउन पनि नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने भएकाले पार्टीभित्र एकताबद्ध हुन जरुरी रहेको देउवाको भनाइ थियो। सभापति देउवाले पार्टीभित्र एकता कायम भए नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबीसमेत गरे।
“स्थायी शान्ति, यो डेमोक्रेसीलाई सुदृढ गरी सम्पूर्ण जनताले लोकतन्त्रलाई आफ्नो भनिठान्नु पर्नेछ। त्यसकारण लोकतन्त्रलाई सुदृढ बनाउन, स्थायी शान्ति कायम गर्न पनि नेपाली कांग्रेस एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,” उनले भने
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
