स्वास्थ्य मन्त्रालयले निर्वाचनका बेला भिडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ ।
कामठमाडौँ– स्वास्थ्य मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले निर्वाचनकेन्द्रित गतिविधिमा भिडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।
निर्वाचनका बेला भिडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचनकेन्द्रित कार्यक्रममा भिडभाड बढी हुने भएकाले कोरोना संक्रमण दर बढ्नसक्ने बताए।
“अहिले नेपालमा कोभिड संक्रमण दर धेरै नभएपनि संक्रमणको अवस्था भने यथावत छ”, उनले भने, “भिडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोग पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सावधानी अपनाउनु जरुरी छ।” कोभिड १९ विरुद्धको खोप नलगाएका व्यक्तिलाई भिडभाड हुने ठाउँमा नजान उनको आग्रह छ।
“हामीसँग संक्रमण अहिले पनि रहिरहेको अवस्था छ। विश्वका विभिन्न ठाउँमा नयाँ भेरियन्ट पनि देखिइरहेका छन्”, उनले भने, “त्यसैले भिडभाड हुने गतिविधिलाई हामीले सावधानीका साथ अगाडी लिएर जानुपर्छ। जनस्वास्थ्यका मापदण्ड पालना गर्नसक्ने, ख्याल गर्न सकिने ठाउँमा विशेष ख्याल गर्नुपर्छ।” भिडभाडमा जाँदा मास्कको प्रयोग अनिवार्य गर्न, खोपको पूर्ण मात्रा लगाएको तीन महिना कटिसकेको भए बुस्टर डोज लगाउन, सरसफाईमा ध्यान दिन अधिकरीले आग्रह गरे।
विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण घटेको घटिरहेको उनको भनाइ छ। नेपालमा अहिले ६ सय हाराहारीमा मात्रै संक्रमित छन्। “तर पनि जोखिमपूर्ण भेरियन्ट आउनसक्ने भएकाले सावधानी अपनापर्छ,” उनले भने।
हालसम्म नेपालले ६ करोड भन्दा बढी मात्रा खोप प्राप्त गरेको डा. अधिकारीको भनाइ छ। जसमध्ये साढे ५ करोड मात्रा खोप लगाइसकिएको तथ्यांक छ।
खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाखभन्दा बढी रहेकामा पहिलो मात्रा खोप शतप्रतिशतले लगाइसकेका छन्। यस्तै ९६ प्रतिशतले पूर्ण मात्रा लगाएको र ८० लाख बुस्टर मात्राको प्रयोग भएको मन्त्रालयको तथ्यांक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
