पानीको अत्यधिक माग हुने बेला कमला नदीमा पानीको बहाव घटेपछि थालेपछि किसान चिन्तामा छन्। नहरमा पानी पर्याप्त नआउँदा कतिपय ठाउँमा किसानबीच कुटाकुटसमेत हुने गरेको छ।
धनुषा– कमला नदीमा पानीको सतह कम हुँदा सिरहा र धनुषाका किसानलाई सिँचाइ गर्न समस्या भएको छ। नदीमा पानी घटेपछि कमला सिँचाइ नहर प्रणालीमा पर्याप्त पानी पुग्न सकेको छैन।
“धान रोपाइँ गर्न ढिलाइ भइसक्यो, तर खेतमा पर्याप्त पानी पुग्न सकेको छैन,” धनुषाका किसान अमोद यादवले भने, “वर्षा कम भए पनि अघिल्लो वर्ष हामीले कमला नदी प्रणालीबाटै सिँचाइ गरेर धान रोपाइँ गर्यौँ।” तर, अहिले कमलामा पानीको सतह घटेर खेतसम्म पुग्नै नसकेको यादवले बताए।
“पहिलेपहिले असार, साउन र भदौ महिनामा कमला नदीमा ठूलो बाढी आउँथ्यो,” सिरहा औरहीका किसान राघव शाह भन्द्छन्, “हामी कमला सिँचाइको नहरबाटै सिँचाइ गरेर धान रोपाइँ गर्दथ्यौँ। तर पछिल्लो केही वर्षदेखि पानीको बहाव घट्दै गएको छ। नहरमा पनि चाहिएको जति पानी आउँदैन।”
धानखेतीका बेला पानीको अत्यधिक माग भए पनि कमला नदीमा पानीको बहाव घटेर नहरमा पानी कम आउन थालेपछि किसान चिन्तामा डुबेका छन्। “एकातिर लामो समयदेखि वर्षा भएको छैन। अर्कातिर नहरमा चाहे जति पानी आएको छैन,” राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासंघका अध्यक्षसमेत रहेका धनुषाका गजाधर यादव भन्छन्, “यस्तो अवस्थामा किसानले कसरी सिँचाइ गर्छ र धान रोपाइँ गर्छ रु यो ठूलो प्रश्न र चिन्ताको विषय बनेको छ।”
विश्वव्यापी रूपमा देखिएको जलवायु परिवर्तनको प्रभावका कारण पहिलोपटक नदीमा पानीको बहाव कम भएको उनको कथन छ। वर्षैभरि कमला नदीमा पानी ल्याउन तत्काल सुनकोशी–कमला डाइभर्सनको काम अघि बढाउनुपर्ने उनले बताए। सुनकोशीबाट कमला नदीमा पानी झार्न सकिए सिरहा, धनुषा र सप्तरीमा सिँचाइ सुविधा पुग्ने उनको दाबी छ।
नहरमा पानी पर्याप्त नआउँदा कतिपय ठाउँमा किसानबीच कुटाकुटसमेत हुने गरेको छ। कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले आलोपालो विधिबाट किसानको खेतमा पानी पठाउन थालेको छ।
“पानीका विषयमा कतिपय ठाउँमा किसानबीच विवाद हुने र कुटपिटसमेत हुने गरेको पाइएकाले अहिले आलोपालो गरेर पानी पठाउन थालेका छौँ,” कार्यालय प्रमुख वीरेन्द्रकुमार यादवले भने, “अहिले पानीको माग धेरै छ। आलोपालो गर्दा पुछारका किसानले पनि पानी पाइरहेका छन्।”
कमला सिँचाइ पूर्वी र पश्चिमी नहर प्रणालीबाट सिरहा र धनुषाको करिब २५ हजार हेक्टर क्षेत्रमा सिँचाइ हुँदै आएको छ। विगतका वर्षमा वर्षा नहुँदा धनुषा, सिरहा, महोत्तरी र सप्तरीका अधिकांश खेतीयोग्य जग्गा बाँझो रहने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
