म्याग्दीको दाना सबस्टेसनबाट पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को नयाँ बुटवल सबस्टेसनसम्म १२७ किलोमिटर प्रसारण लाइन दुई खण्डमा निर्माण भइरहेको छ।
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ।
आयोजना निर्माण गत असारमा सम्पन्न गर्ने लक्ष्य थियो। तर, रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध र भारतीय निर्माण कम्पनी एल एन्ड टीको कमजोर कार्यसम्पादनका कारण प्रभावित भएको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माणस्थलको अनुगमन गरी समस्या र समाधानका उपायका विषयमा छलफल गरेका छन्। छलफलबाट यही साउनभित्र प्रसारण लाइन सम्पन्न गर्ने नयाँ तालिका तय गरिएको छ।
कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि कालीगण्डकी करिडोर प्रसारण लाइन अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील रहेकाले जुनसुकै अवस्थामा पनि साउनभित्र सम्पन्न गर्न निर्देशन दिए। उक्त लाइन बनेपछि म्याग्दी, पर्वत, कास्की र लमजुङ जिल्लामा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न सजिलो हुने उल्लेख गरे।
म्याग्दीको अन्नपूर्ण–३ दाना सबस्टेसनबाट पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल–१३ नयाँ बुटवल सबस्टेसनसम्म १२७ किलोमिटर डबल सर्किट प्रसारण लाइन दुई खण्डमा निर्माण भइरहेको छ।
पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा–२ खुर्कोटसम्म ३९ किलोमिटर प्रसारण लाइन सम्पन्न भई सञ्चालनमा आइसकेको छ। पहिलो खण्डमा खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसनसमेत बनिसकेका छन्।
दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्म ८८ किलोमिटर अन्तिम चरणमा छ। यस खण्डमा पर्ने २३५ वटा टावरमध्ये २३४ वटा सम्पन्न भइसकेका छन्। रुपन्देहीको देवदह क्षेत्रमा एउटा टावर निर्माणाधीन छ।
पर्वत, पाल्पा र रुपन्देहीमा गरी ७ किलोमिटर तार तान्न बाँकी छ। सुनवल–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट लाइनका लागि टावर निर्माण गरी करिब ८ किलोमिटर डबल सर्किट तार तानिएको छ।
कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण भइरहेको हो।
प्रसारण लाइनबाट एक हजार २०० मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ।
नयाँ बुटबल–बर्दघाट प्रसारण लाइन पुसभित्र
सुनवल–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनबाट बर्दघाटसम्म २२० केभी प्रसारण लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य छ।
वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिको निर्णय प्रक्रियामा भएको ढिलाइका कारण आयोजना निर्माण प्रभावित भएको थियो। अहिले आयोजनाले रुख कटान अनुमति पाइसकेको छ।
प्रसारण लाइनका टावर र मार्गधिकार (राइट अफ वे)का लागि ५०.३१ हेक्टर वन क्षेत्रको जग्गा र त्यहाँ रहेका पाँच हजार ८०० रुख हटाउनु पर्नेछ। आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख हटाएबापत २७ करोड ९९ लाख रुपैयाँ वन विकास कोषमा जम्मा गर्नु पर्नेछ।
यसमध्ये पहिलो किस्ताबापत तीन करोड ५१ लाख रुपैयाँ कोषमा गरेपछि जग्गा प्रयोग र रुख कटानको स्वीकृति प्रक्रिया अगाडि बढेको थियो।
२१ किलोमिटर प्रसारण लाइनका लागि ५६ वटा टावर निर्माण गर्नु पर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
