मदिरा सेवन गरेको अपरिचित व्यक्तिले आफूलाई बारका कर्मचारीले निकालेको झोकमा आगो लगाएको सोनोरा महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।
उत्तरी मेक्सिकोस्थित एक बारमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ।
उत्तरी राज्य सोनोराको सान लुइस रियो कोलोराडोको बारमा शनिबार उक्त घटना भएको स्थानीय अधिकारीले बताएका छन्। आगलागीमा सात पुरुष र चार महिलाले ज्यान गुमाएका छन्।
मदिरा सेवन गरेको अपरिचित व्यक्तिले आफूलाई बारका कर्मचारीले निकालेको झोकमा आगो लगाएको सोनोरा महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। बारमा रहेका महिलामाथि अभद्र व्यवहार गरेपछि उनलाई बारबाट निष्कासन गरिएको थियो। आगो लगाएर फरार उनको खोजी भइरहेको छ।
सान लुइस रियो कोलोराडोका मेयर सान्तोस गोन्जालेज येस्कासले आक्रमणलाई दुःखद घटना भन्दै अनुसन्धानमा सहयोग गरिरहेको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
