कांग्रेसका नेता विजयकुमार गच्छदारले देशको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पार्टीको छुट्टै बैठक माग गरेका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आगामी असोजमा पार्टीको नीति अधिवेशन गर्नुपर्ने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा समयमै नीति अधिवेशन गर्नुपर्ने बताउँदै नेता गच्छदारले आगामी असोजमा नीति अधिवेशन गर्न प्रस्ताव गरेका हुन्।
उनले नीति अधिवेशनमा पार्टीको आगामी दिशाको बारेमा माथिबाट नै बहस हुनुपर्ने बताए। “समयमै नीति अधिवेशन गर्नूस्। सक्नुहुन्छ भने असोजमा गर्नुस्। सक्नुहुन्न भने कात्तिकमा चाडपर्व छ मंसिरमा गर्नूस्। नीति अधिवेशनमा तपाईंले सभापतिजी अजेन्डा प्रस्तुत गरिसकेपछि प्रस्तावमा माथिबाट नै बहस गर्ने अनुमति दिनूस्,” उनले भने।
उनले देशको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पार्टीको छुट्टै बैठक गर्नुपर्ने माग गरे। उनले देशको राजनीति बिग्रिरहेको भन्दै यस्तो अवस्थामा कांग्रेसले कसरी अगाडि बढ्ने भन्नेमा छलफल हुनुपर्ने बताए।
“देशको राजनीति बिग्रिएको छ। अझै बिग्रिन्छ देशको राजनीति। बिग्रिरहेको राजनीतिक परिवेशमा नेपाली कांग्रेसले कसरी अगाडि बढ्दाखेरी राम्रो हुन्छ भनेर यो चानचुने विषय होइन। एक नम्बरको अजेन्डामा देशको समसामयिक राजनीतिक विषयमा छुट्टै बैठक राखियोस्,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
