अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमा तस्करीबारे सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकै कारण १०० किलो सुन बरामद भएको दाबी गरेका छन्।
बुटवल– चालु आर्थिक वर्षको बजेटले सुन ल्याएको सूचना दिनेलाई पुरस्कारको घोषणा गरेको कारण १०० किलो सुन बरामद भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले दाबी गरेका छन्।
नेपाल प्रेस युनियन रुपन्देहीले सोमवार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै आफूले आर्थिक वर्ष २०८०/८१ को बजेटमा ल्याएको नीतिकै कारण सुन बरामद भएको बताए। चालु आर्थिक वर्षको बजेटले तस्करीबारे सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था गरेको छ।
मन्त्री महतले सुन प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानूनी काम गर्ने जो कोहीलाई पनि कारबाही हुने बताए। उनले भन्सारमा प्रविधिको अपडेट र आधुनिक मेसिन जडान गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।
अर्थमन्त्री डा. महतले भने, “मैले बजेटमा नै भन्सारमा हुने कतिपय अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु। यो व्यवस्था बीचमा हटेको थियो। मलाई लाग्छ त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो।”
अर्थमन्त्री डा. महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशा व्यक्त गरे। उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
