नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरिएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।
काठमाडौँ– ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सोमबार थप दुई जना पक्राउ परेका छन्।
नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।
ललिता निवास प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये सञ्चारसचिव कृष्णबहादुर राउत भने सर्वोच्च अदालतको आदेशपछि हिरासतमुक्त भइसकेका छन्।
यही प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ लगायतको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चले खारेज गरेको थियो। त्यसै, यही प्रकरणमा मुछिएका टीकाराम घिमिरेलगायत १७ जनाले दर्ता गरेको रिटमा सर्वोच्चले जारी गरेको अन्तरिम आदेश खारेज भएको छ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी छापा, दस्तखत, कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ।
ललिता निवासको १४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो। तर, दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ। यो विवादमा सर्वोच्च र विशेष अदालतमा रहेका मुद्दा विचाराधीन छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
