हुलाकी राजमार्गस्थित सिरहा र धनुषा जोड्ने कमल नदीमाथिको पुल १२ वर्षदेखि निर्माणाधीन छ। पुल नहुँदा बर्खायाममा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयलाई सास्ती हुने गरेको छ।
लहान– वारि सिरहा सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका। वारिपट्टि घर, पारिपट्टि खेती जग्गा। बीचमा कमला नदी।
दुई जिल्ला जोड्ने कमलाको पुल १२ वर्षदेखि निर्माणाधीन छ। कहिले बन्ने हो कुनै अत्तोपत्तो छैन। बर्खायाममा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयलाई नातेदारसँग भेटघाट गर्न र खेतीपातीको गोडमेल तथा रेखदेख गर्न वर्षौंदेखि सास्ती हुनेगरेको छ।
भौगोलिक रूपमा विकट, दूरदराज वा पिछडिएको क्षेत्र त होइन। मधेशको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी लोकमार्ग। मधेश प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना। तर, पुल निर्माण भने पूरा हुन सकेको छैन।
हुलाकी लोकमार्गअन्तर्गत सिरहाको बसपिट्टा र धनुषाको साघारासम्म एक किलोमिटरसम्म कमला नदी फैलिएको छ। पुल समयमा नबन्दा दर्जनबढी गाउँका जनता समस्यामा छन्। स्थानीयवासीलाई आवतजावत गर्नलाई कि त पूर्वपश्चिम महेन्द्र राजमार्ग मिर्चैया–कर्जना भएर वा सीमावर्ती भारतीय बजार जयनगर पुगेर करिब दुई घण्टा लामो यात्रा गर्नुपर्छ कि नदीमा जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्छ। त्यो पनि त्यति सहज छैन।
यही समस्यालाई सम्बोधन गर्न सिरहा नगरपालिकाले बाँसको टेका लगाएर काठको पुल बनाएको छ। उक्त पुल आइतबारबाट सञ्चालनमा आएको छ। पुलमा अब मोटरसाइकल तथा पैदलयात्री निःशुल्क यात्रा गर्न सक्नेछन्। तर उक्त काठको पुलले यो बर्खायाम धान्नेमा शंका व्यक्त गर्छन्, स्थानीय मोहनकुमार दास।
“काठको यति सामान्य पुल बन्दा पनि खुशी व्यक्त गर्नुपर्ने अवस्था छ। जसोतसो कामचलाउ काठको पुल त बन्यो तर कहिलेसम्मलाई हो भन्न सकिँदैन,” उनले भने, “नदीमा अलि ठूलो बाढी आयो भने यो बनेको पुल पनि बगाएर लैजान्छ। फेरि समस्या उस्ताको उस्तै।”
स्थानीयले सिरहा नगरपालिकासँग समन्वय गरी काठको पुल बनाएका हुन्। स्थानीय युवा रामचन्द्र यादव भन्छन्। “स्थानीय र हुलाकी लोकमार्गमा आवतजावत गर्ने यात्रीको समयको बचत तथा दूरीलाई छोटो बनाएको छ। दैनिक २०० भन्दा बढी मोटरसाइकल तथा हजारौँ पैदलयात्रीलाई सहज भएको छ।”
नदी पारिपट्टि आफ्नो खेतीपातीको हेरचाहमा जानलाई अब तत्काललाई भए पनि समस्या टरेको छ सुभकान्त यादवलाई। सिरहा नगरपालिका–६ स्थायी घर भएका उनलाई नदी वारपार गर्न मात्र सहज भएको छैन, कृषि उपजलाई बजारसम्म लैजान पनि सहज भएको छ।
हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै डेढ वर्षअघि भासिएको थियो। २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो।
तर पटक–पटक म्याद थपेर १० वर्ष लाग्यो। निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि पुनः निर्माणको काम तत्काललाई अनिश्चित भयो।
पछिल्लो समय निर्माण कम्पनीले पुनः काम सुरु गरेको थियो तर नदीमा बढेको पानीको बहावका कारण रोकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
