कोशी प्रदेश सरकारविरुद्धको रिट खतिवडा, भट्टराई र श्रेष्ठको पूर्ण इजलासमा

यसअघि न्यायाधीशहरू सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरूपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। 

काठमाडौँ– कोशी प्रदेश सरकारविरुद्ध परेको मुद्दा मंगलबार सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदै छ।

जसका लागि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठ सम्मिलित पूर्ण इजलास गठन गरिएको छ।

मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई अवैध ठहर गर्न माग गर्दै पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।

यसअघि, सोमबार न्यायाधीशहरू सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरूपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।

असार २२ गते सरकार निर्माणका लागि सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गरेका थिए। अब पूर्ण इजलासले निरन्तर सुनुवाइ गरेर फैसला गर्ने बताइएको छ।