नेप्से परिसूचक मंगलबार ३६.१९ अंकले घटेर २१६४.३१ बिन्दुमा सीमित भएको छ। यस दिन नेप्सेसँग कारोबार रकम पनि घटेको छ।
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको दिन उच्च अंकले बढेको शेयर बजार त्यसपछिका दिनमा निरतन्तर गिरावट देखिएको छ। नेप्से परिसूचक मंगलबार ३६.१९ अंकले घटेर २१६४.३१ मा सीमित भएको हो।
सोमबार २६ अंकले घटेको थियो भने आइतबार मौद्रिक नीतिको प्रभावस्वरूप नेप्से ६३.२४ अंक बढेर २२२७.२४ बिन्दुमा पुगेको थियो।
मंगलबार सेन्सेटिभ इन्डेक्स ७.६२ अंक घटेको छ भने फ्लोट इन्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.९४ अंकले घटेको छ।
नेप्सेका अनुसार मंगलबार २६७ कम्पनीको शेयर कारोबार हुँदा ३२ कम्पनीको मूल्य बढेको छ भने १२७ कम्पनीको घटेको छ। त्यस्तै, नौवटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन आएन।
मंगलबार ७७ लाख १६ हजार २७७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९१ करोड ७ लाख ३२ हजार रुपैयाँबराबरको कारोबार भएको छ। मंगलबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको हो। सोमबार ४ अर्ब ७३ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको थियो।
मंगलबार होटल तथा पर्यटन समूहबाहेक सबै उपसमूहमा गिरावट देखिएको छ। होटल तथा पर्यटन समूह ७२.३० अंकले बढेको छ। मंगलबार किसान लघुवित्त वित्तीय संस्था शेयर कारोबार सकारत्मक सर्किट लेभलमा कारोबार भएको छ।
सिटी होटलको ७.७४ र रिभर फल्स पावर लिमिटेडको ६.३१ प्रतिशतले बढेको छ। नविल डिबेन्चर २०८५ को मूल्य सर्वाधिक ६.८७ प्रतिशत गरेको छ। त्यसैगरी, विपिडब्ल्यू लघुवित्तको सेयर ५.२३ प्रतिशत र सिटिजन्स बैंकको सेयर मूल्य ४.९० प्रतिशतले घटेको छ।
मंगलबार सर्वाधिक कारोबार भएको सोल्टी होटल लिमिटेडको १५ करोड २७ लाख रुपैयाँभन्दा बढी र शिवम् सिमेन्ट कम्पनीको १० करोड ३ लाख रुपैयाँ बढीको शेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
