अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखबाट अरुण पोखरेललाई हटाएर टोकराज पाण्डेलाई जिम्मेवारी दिएको छ।
काठमाडौँ– त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख अरुण पोखरेललाई हटाएर टोकराज पाण्डेलाई ल्याइएको छ।
भन्सार कार्यालयबाट जाँच पास भइसकेपछि करिब १ क्विन्टल सुन बरामद भएको घटनापछि अर्थ मन्त्रालयले यसअघिका भन्सार प्रमुखको ठाउँमा सहसचिव पाण्डेलाई जिम्मेवारी दिएको हो।
पाण्डेलाई विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले जानकारी दिए। पाण्डे राष्ट्रिय किताब खाना (निजामती)को महानिर्देशबाट केही दिनअघि मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका थिए।
पोखरेल भन्सार कार्यालय प्रमुख रहे पनि सुन बरामद हुँदा उनी बिदामा थिए। गत साउन ३ गते विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भइसकेपछि करिब १ सय किलो सुन राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
