खतिवडालाई हेटौंडा उपमहानगरपालिका–२ का पुरुषोत्तम खड्काले हातपात गरेका हुन्। उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ।
मकवानपुर– चुनावी प्रचारमा रहेका नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडामाथि मंगलबार हातपात भएको छ।
मकवानपुरको मनहरी–३, मसिने गोलघरमा आयोजित चुनावीसभामा सम्बोधन गर्न पुगेका खतिवडालाई हेटौंडा उपमहानगरपालिका–२ का पुरुषोत्तम खड्काले हातपात गरेका हुन्। उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ।
खतिवडा मकवानपुर–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। त्यहाँ रहेका पत्रकार रामकुमार एलनले सभास्थलमा पुगेका खतिवडा मञ्चतर्फ जानुअघि जम्मा भएको मासतर्फ जाने क्रममा पछाडिबाट हातपात प्रयास भएको बताए। “त्यसपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिइहाले”, उनले भने।
मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले खड्कालाई जिल्ला प्रहरी कार्यालय पुर्याएर स्वास्थ्य जाँचका निम्ति अस्पताल लगिएको बताए। उनले मादक पदार्थ सेवन गरेको जस्तो देखिएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
