शेयर लगानीकर्ताहरूले राष्ट्र बैंकले शेयर बजारप्रति ‘इगो’ राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको आरोप लगाएका छन्।
काठमाडौँ– शेयर लगानीकर्ताहरूले राष्ट्र बैंकले शेयर बजारलाई ‘इगो’ राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको आरोप लगाएका छन्। शेयर लगानीकर्ताहरूले राष्ट्र बैंकले विगत दुई वर्षदेखि शेयर बजारप्रति नकारात्मक बनेर मौद्रिक नीति ल्याउनु पुँजी बजारको विकासका लागि राम्रो नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
उनीहरूले नेपाली पुँजी बजारको विकास र साना लगानीकर्ताको संरक्षण गर्नुपर्नेमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीकर्तालाई दुबिधामा राख्ने काम गरेको आरोप लगाए। राष्ट्र बैंकले लगानीकर्ताहरूलाई दुबिधामा राख्नेभन्दा पनि स्पष्ट नीति लिएर पुँजी बजारको विकासमा जोड दिएर नीति बनाउनु पर्नेमा उल्टो भइरहेको लगानीकर्ताहरू तर्क छ।
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीकर्तालाई दुबिधामा राख्ने काम गरेको बताइन्। उनले मौद्रिक नीतिमा एकथरी भाषा प्रयोग गरिएको र त्यसपछि आयोजित पत्रकार सम्मेलनमा फरक कुरा सार्वजनिक गरेर लगानीकर्तालाई ‘कन्फ्युज’ बनाउने काम गर्नु गलत भएको बताइन्।
“लगानीकर्ताको माग सम्बोधन भयो भन्ने अपेक्षा थियो। मौद्रिक नीतिले लगानीकर्ताको माग सम्बोधन गर्यो भनेर स्वागत गर्दा दुई घण्टापछि गभर्नरज्यूले सबै लगानीकर्ताको लागि ल्याएको छैन भनेपछि त्यसको विरोध गरेका छौँ। नीति बनाउँदा नीति निर्माताहरूले लगानीकर्ताहरूको स्पष्ट कुरा गर्नुपर्छ,” उनले भनिन्।
सबै प्रकृतिका कर्जाको जोखिम भार नघट्ने गभर्नरको अभिव्यक्तिले लगानीकर्ताहरूलाई ‘प्यानिक’ बनाएको उनले उल्लेख गरिन्। राष्ट्र बैंकले घुमाउरो भाषा प्रयोग गरेर लगानीकर्तालाई कन्फ्युज बनाउने काम गर्दै धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति आएको उनको टिप्पणी छ।
उनले शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भन्ने उल्लेख गरेकाले सकारात्मक प्रतिक्रिया दिए पनि लगानीकर्ताहरूको माग सम्बोधन नहुनु पुँजी बजारप्रति राष्ट्र बैंक नकारात्मक रहेको स्पष्ट भएको बताइन्।
“दुई वर्षदेखि साना लगानीकर्ता मर्काका रहेका छन्। राष्ट्र बैंकले पुँजीबजारप्रति इगो राखेर नीति ल्याउने काम भएको छ। राष्ट्र बैंकका गभर्नर अधिकारीले यो सरकार त्यो सरकार यो अर्थमन्त्री भन्नेभन्दा पनि नीतिगत तहमा बसेर मैले कस्तो नीति बनाउने सोचिदिए लगानीकर्तालाई राम्रो हुने थियो,” उनले भनिन्। मौद्रिक नीति जस्तो आए पनि लगानीकर्ताले धेरै समस्या भोगेकाले शेयर बजारमा साउनदेखि सुधार आउने उनको भनाइ छ।
त्यस्तै, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले मौद्रिक नीति लगानीकर्ताहरूले सोचे जस्तो नआएको उल्लेख गर्दै दुई वर्षअघि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिकै कारणले पुँजी बजार धराशायी बनाएको बताए।
उनले शेयर कर्जा संकुचन गर्न ४/१२ को नीति र भारित औसतलाई १०० बाट १५० बनाउँदा धराशायी बनेको पुँजी बजार यो मौद्रिक नीतिले पनि सम्बोधन गर्न नसकेको बताए। उनले मौद्रिक नीतिको कारणले ३२ सयनजिकको इन्डेक्स १८ सयमा पुगेको उल्लेख गरे। उनले लगानीकर्ताहरूले राष्ट्र बैंकसँग विगतमा पाएको सुविधा १२ करोड सीमा खारेज र भारित औसत १०० मा ल्याउन माग गर्दा समेत सम्बोधन नभएको गुनासो गरे।
“मौद्रिक नीतिको लागि राष्ट्र बैंकले सुझाव माग्ने तर सुझाव कार्यान्वयन अहिलेसम्म भएको छैन । भारित औसतलाई पुनरावलोकन गरिनेछ भन्ने समाचार आउँदा शेयर बजार बढ्यो। लगानीकर्ताको माग सम्बोधन भयो भनेर सबैले मौद्रिक नीतिको स्वागत गरियो। तर पत्रकार सम्मेलनमा गभर्नरले भारित औषत ५० लाखसम्मलाई मात्रै हो भन्ने अभिव्यक्तिले आम लगानीकर्तालाई कुठाराघात गरेको छ,” उनले भने। उनले मौद्रिक नीतिले लगानीकर्ताको माग सम्बोधन नगरे पनि आगामी दिनमा नेपाली पुँजी बजारको भविष्य सुनौलो रहेको दाबी गरे।
त्यस्तै, शेयर विश्लेषक नवराज घिमिरेले नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारी गभर्नर हुँदासम्म पुँजी बजार मैत्री मौद्रिक नीति आउन नसक्ने बताए। उनले गभर्नर अधिकारी कहिल्यै पुँजी बजारप्रति सकारात्मक नभएकाले पुँजी बजारमैत्री नीतिहरू आउन नसकेको उल्लेख गरे। गभर्नरको कार्यकाल सकिएपछि मात्रै नेपाली पुँजी बजारले छलाङ मार्ने दाबी उनको थियो।
उनले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजी बजारलाई नियन्त्रण गर्न खोजे पनि मौद्रिक नीतिको असर केही दिन रहे पनि पुँजी बजार अब कसैले रोकेर नरोकिने उल्लेख गरे। उनले अब नेपाली पुँजी बजार बुलिस भएर जाने बताए। शेयर लगानीकर्ताहरूले राम्रो कम्पनीमा लगानी गर्दा मौद्रिक नीतिको व्यवस्थाले केही असर नगर्ने उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
