एमालेले सुन बरामद प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकामाथि प्रश्न उठाइरहेको छ।
काठमाडौँ– सुन प्रकरणबारे धारणा बनाउन प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक बोलाएको छ।
संसद् भवन नयाँ बानेश्वरमा मध्यान्ह १२ बजे संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक पदम गिरीले जानकारी दिए। बैठकको धारणा अनुसार बुधबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने उनले बताए।
साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धान विभागले करिब एक क्विन्टल सुन बरामद गरेको थियो।
यस प्रकरणमा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकामाथि प्रश्न उठाइरहेको छ। एमालेले श्रेष्ठको राजीनामासमेत माग्दै आएको छ।
प्रतिनिधिसभा बैठक दिउँसो एक बजे बस्दैछ। एमालेले पछिल्लो सुन प्रकरणको विषयलाई प्रमुखतासाथ उठाउने देखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
